९ घण्टा सुते बापत १ लाख भारु दिने भारतीय कम्पनी - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

९ घण्टा सुते बापत १ लाख भारु दिने भारतीय कम्पनी



एजेन्सी । के तपाईलाई थाहा छ ? सुतेर पनि पैसा कमाउन सकिन्छ । तर, विश्वमा यस्तो पनि देश छ, जहाँ ९ घण्टा सुतेपछि पैसा पाईन्छ ।

भारतको बैंगलोरस्थित एक कम्पनीले सुतेबापत १ लाख भारु पैसा दिन्छ । आखिर कामै नगरी सुतेपनि तलब दिने त्यो कम्पनीले के गर्छ होला ? भन्ने जिज्ञासा पक्कै उठ्यो होला ।

वास्तवमा बैंगलोरस्थित अनलाइन स्लीप सोल्यूसन कम्पनीले यो अनौठो अफर ल्याएको हो ।

यो अफरको नाम वेकफिट स्लीप इन्टर्नशीपको नाम दिइएको छ । यो अफरमा सहभागी भएर एक लाख भारु कमाउनका लागि केही शर्तको पालना गर्नुपर्नेछ ।

यो कार्यक्रमका लागि केवल केही जनामात्र मानिसको छनोट गरिनेछ । छनोटमा परेका मानिसलाई कम्पनीले सुत्ने गद्दा प्रदान गर्नेछ ।

त्यसरी प्राप्त गरेका गद्दामा सुत्नुपर्नेछ र आफ्नो निद्रा राम्रो भयो कि भएन भन्ने बारेमा दिनहुँ कम्पनीमा रिपोर्ट गर्नुपर्नेछ ।

कम्पनीको नियम अनुसार छनोट भएका मानिसले १ सय दिनसम्म दिनहुँ ९ घण्टा अनिवार्य रुपमा सुत्नुपर्नेछ । अर्थात् दिनहुँ ९ घण्टासम्म सुत्न नभ्याउनेले यो अफरमा सहभागी हुन पाउने छैनन् ।

मज्जाको कुरा त के भने सुत्नका लागि कम्पनीको कार्यालयमै जानुपर्ने छैन । कम्पनीले दिएको गद्दा आफ्नै घरमा लगेर सुत्न पाइनेछ । तर नसुतिकनै सुतेको नाटक गर्न पाइनेछैन । किनकी कम्पनीले स्मार्ट चिपको प्रयोग गरी निगरानी गरेको हुनेछ ।