पहिलो काम सुत्केरी प्रोत्साहत भत्ता वितरण सुरु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पहिलो काम सुत्केरी प्रोत्साहत भत्ता वितरण सुरु



दाङ, २ असोज । तुलसीपुर उपमहानगरपालिकाले आइतबारदेखि सुत्केरी स्याहार प्रोत्साहन भत्ता सुरु गरेको छ । उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सुत्केरी पोषण भत्ता कार्यक्रम सय दिनभित्र गरिसक्ने निर्वाचन पूर्व प्रतिबद्धता पत्रका उल्लेख गरेका थिए । मेयर पाण्डेले निर्वाचित भएको ७२ दिन भित्रमा पहिलो काम सुत्केरी पोषण भत्ता कार्यक्रम सुरु गर्न सफल भएका छन् ।

मेयर पाण्डे यसअघि तुलसीपुरमा सञ्चालनमा आएको रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याउने कुरासमेत एक सय दिन भित्रमा गरिएको सफलतासँग जोडेका छन् । यद्यपि रक्त सञ्चार केन्द्र भवनको २०७२ सालमै उद्घाटन भएको थियो भने रक्तसञ्चार भने केही दिनअघि मात्रै सञ्चालनमा आएको थियो ।

कार्यपालिकाको पहिलो बैठकले नै सुत्केरी महिला र बच्चाको पोषणमा टेवा पु¥याउने उद्देश्यले नगरपालिकाबाट ४१ सय भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाभित्र स्थायीरूपले बसोबास गर्ने सुत्केरी महिलाहरूलाई उक्त रकम वितरण गरिन थालेको छ ।

सरकारबाट सूचीकृत स्वास्थ्य संस्थामा चार पटक गर्भवति चेकजाँच गरेका र स्वास्थ्य संस्थामै सुत्केरी भएका महिलाहरूलाई ४१ सय दिइने गरेको उपमहानगरका स्वास्थ्य प्रमुख विष्णुप्रसाद भट्टराइले बताए । त्यसैगरी स्वास्थ्य संस्थामा चार पटक चेकजाँच नगराएका महिलाहरूका हकमा स्वास्थ्य संस्थामा सुत्केरी भए एक हजार उपलब्ध गराइने छ । त्यसैगरी ४१ सय भत्ता पाउनका लागि टिटि खोप लगाएको, नियमितरूपमा आइरन चक्की खाएको र ३५ दिनभित्र वडा कार्यालयमा बच्चाको जन्मदर्ता गराएको हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

२०७४ साउन एक गतेदेखि यता सुत्केरी भएका महिलाहरूलाई उक्त रकम दिइने भएको छ । नेपालमा रहेका स्थानीय तहमध्ये तुलसीपुर उपमहानगरपालिका महिलाहरूका लागि सुत्केरी स्याहार प्रोत्साहन भत्ता वितरण गर्ने पहिलो स्थानीय तह भएको छ ।

पहिलो दिनमै ३९ जनाले भत्ता पाए

उपमहानगरपालिकाले सुरु गरेको सुत्केरी पोषण भत्ता कार्यक्रम सुरु गरिएकै पहिलो दिन ३९ जना सुत्केरी महिलाहरूलाई वितरण गरिएको छ । मेयर घनश्याम पाण्डेले दुर्गा नेपालीलाई चेक हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मेयर पाण्डेले सुनौला हजार दिनलाई थप प्रभावकारी बनाउन र महिला र बालबालिकाको स्वास्थ्यमा टेवा पु¥याउन रकम हस्तान्तरण गर्न लागेको बताए । यस कार्यक्रमबाट आमा र बच्चाको स्वास्थ्यमा सुधार आउने अपेक्षा लिएको बताएका थिए ।

कार्यपालिका सदस्य जानका रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कार्यकारी टोपेन्द्र केसीले स्वागत मन्तव्य राखेका थिए भने सूचना अधिकारी झरेन्द्र खरेलले कार्यक्रमको सञ्चालन गरेका थिए । अब भने उक्त रकम सम्बन्धित वडा कार्यालयबाटै वितरण गरिने भएको छ ।