एकाएक नेप्सेमा 'सटर डाउन' - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एकाएक नेप्सेमा ‘सटर डाउन’



काठमाडौं- नेप्सेमा उच्च गिरावट आएपछि निर्धारित समयभन्दा डेढ घन्टा अगाडि नै सेयर कारोबार बन्द भएको छ। ३ घण्टा नपुग्दै ६ प्रतिशतले नेप्से घटेपछि आजको लागि बजार बन्द गरिएको हो।

कारोबार खुलेको २ घण्टा २९ मिनेट अर्थात् १ बजेर २९ मिनेट जाँदा नेप्से सूचक ९६.०६ अङ्‌कले घटेर १४९५.३० विन्दुमा झरेको छ।

खुलेदेखि नै लगातार घटेको बजारमा दुई वटा कम्पनीको मात्र सेयर मूल्य केही बढेको छ भने १ सय ५३ वटा कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै २ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन।

यस अवधिमा १ सय ७३ वटा कम्पनीको ४९ लाख ८६ हजार कित्ता सेयर २ अर्ब १५ करोड रुपैयाँमा खरिद बिक्री भएको छ।

यस दिन खानिखोला हाइड्रोपावर र श्री इन्भेस्टमेन्ट फाइनान्सको सेयर मूल्य केही बढेको छ। त्यस्तै प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्सगरिमा विकास बैंक आरएसडिसी लघुवित्त सेयर मूल्य घट्ने कम्पनीको शीर्ष स्थानमा छन्।