प्रचण्डलाई सुटुक्क भेट्न पुगे खुमलटार नेपाल - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रचण्डलाई सुटुक्क भेट्न पुगे खुमलटार नेपाल



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता माधवकुमार नेपालसँग गोप्य भेट गरेका छन् ।

दाहालले आइतबार ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा भेटवार्ता गरेका हुन् । नेता नेपाल खुमलटारमा अपरान्ह ३ बजे भित्रिएको दाबी स्रोतको छ ।

भेटवार्तामा पार्टीभित्रको आन्तरिक विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । सो भेटवार्ताका बारेमा आधिकारीक केही जानकारी दिइएको छैन ।

आफ्ना राजनीतिक भेटहरूलाई बाक्लै बनाएका दाहालले नेपालसँग एक हप्ताभित्र दुई पटक भेटेका हुन् ।

भेटवार्तामा प्रदेश २ अन्तर्गत जिल्लाहरूमा देखिएको कमिटी गठनको विवादका विषयमा परामर्श भएको जनाइएको छ ।

दाहाल र नेपालबीचको भेटवार्तामा प्रदेश २ का अध्यक्ष प्रभु साह र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको पनि सहभागिता रहेको छ ।

प्रधानमन्त्री केपी ओली उपचारका लागि देश बाहिर रहेका बेला नेकपाका दोस्रो तहका अध्यक्ष दाहालले वरिष्ठ नेता नेपालसँग परामर्श गरेका छन् ।

केही दिन अगाडि पनि दाहालले नेता नेपालका साथै झलनाथ खनाल, महासचिव विष्णु पौडेलसहितका नेताहरूसँग परामर्श गरेका थिए ।