प्रमोद खरेलले उजुरी दिएपछि सुवास रेग्मी पक्राउ - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

प्रमोद खरेलले उजुरी दिएपछि सुवास रेग्मी पक्राउ



काठमाडौं- विन्ध्यवासिनी म्युजिक प्रालीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

थाइल्याण्डबाट स्वदेश फर्कने क्रममा उनलाई साइबर व्युरोको टोलीले अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो ।

साइबर व्युरो स्रोतले रेग्मीलाई प्रक्राउ गरिएको पुष्टि गरेको छ । स्रोतका अनुसार साइवर व्युरोमा उजुरी परेपछि अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो।

उनीविरूद्ध गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएका छन्। यसअघि पनि खरेल र रेग्मीबीच विवाद थियो ।

खरेलले दिएको उजुरीमा विभिन्न कलाकारलाई अश्लिल गाली गर्ने,अपशब्द प्रयोग गर्ने र कलाकारहरूको चरित्रहत्या गरेको उल्लेख छ।