स्वर्गीय कमरेड प्रकाश दाहलको नाममा राजनीति गर्दै बाम गठबन्धन। - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

स्वर्गीय कमरेड प्रकाश दाहलको नाममा राजनीति गर्दै बाम गठबन्धन।



कर्ण अधिकारी ।

राजनीति र पद भन्ने चीज यस्तो रहेछ की राजनीतिको छायाँ पर्ने बित्तिकै सबै कुराहरू फिक्का हुँदो रहेछ।वर्तमान समयमा पनि नेपालको राजनीतिको सेरो फेरोमा त्यस्तै अवस्था देखिन पुगेको छ।बुढा पाकाले भन्ने गर्थे राजनीतिको नशा अन्य नशा भन्दा पनि कडा हुन्छ यस भित्र प्रवेश गरे पश्चात् मान्छे बाहिर निस्किन पनि कठिन छ साथै राजनीतिमा लागेकाले उस्तै परे घर परिवार सबै भुल्छ भन्ने आखिर हो रहेछ।

नेपालका बाम गठबन्धनका नेता कमरेड केपी ओली लगायतका नेताहरूले स्वर्गीय प्रकाश दाहलको नाममा पद र सत्ताको लागि राजनीति गरी रहेको कुरा चितवनमा भएको प्रकाशको श्रद्धाञ्जली सभाबाट प्रस्ट देखिन्छ।त्यहाँ कमरेड केपी ओलीको भाषणमा केवल प्रचण्डले ३० हजार मतले जित्नु पर्छ भनी कुर्ली रहेका थिए।उक्त सभामा छोराको मृत्यु भएको पर्सि पल्ट नै चितवनमा श्रद्धाञ्जली सभाको लागि भनेर पीडामा डुबि रहेका मृत प्रकाशका आमा सीता, र श्रीमती विना र दिदीहरूलाई जनताको सामु भाव बिहल अवस्थामा उपस्थिति जनाएका थिए यसो गर्नु पक्कै राम्रो कुरा थिएन तर पनि जनताको सामु यो अवस्थामा जाँदा जीतको सुनिश्चता गर्न सकिन्छकी भन्ने कुरा नै थियो।प्रकाशले मृत्यु पश्चात् गरिने संस्कारबाट पनि अलग हुनु पर्‍यो।जिउँदो छदा त यिनलाई माओवादी केन्द्र र गठबन्धनले खुबै काम लिए अब मृत्यु पश्चात् पनि लिई रहेका छन्। आखिर छोरा भन्दा पनि राजनीति ठुलो भएछ कमरेडहरूलाई।

मरेको मान्छेको नामबाट पहिले देखि नै राजनीति नभएको होइन विगतमा यस्ता उदाहरण हामी सामु धेरै छन् चाहे त्यो एमालेमा होस चाहे काँग्रेस र अन्य पार्टीमा नै किन नहोस्।

नेपाली मनहरू पनि एकदमै कोमल ह्रदयको छ कसैको दु:ख देख्नै सक्दैनन।विगतमा वर्तमान राष्ट्रपति बिद्या देवी भण्डारीका श्रीमान् एमालेका तत्कालीन महासचिव कमरेड मदन भण्डारीको मृत्यु हुँदा उनकै नामबाट जनताको सहानुभूति पाएर कमरेड बिद्यादेवी भण्डारीले कृष्ण प्रसाद भट्टराईलाई हराउन सफल हुनु भएको थियो अझै त्यस माथि पनि केशव स्थापित जस्तो कुटिल चाल खेल्ने व्यक्तिका घटिया सोचले गर्दा आफैले बिद्याको सेतो सारीमा रातो मसी छर्केर काँग्रेसका कार्यकर्ताले छरेको भन्दै जनताको मन जितेका थिए।

त्यस्तै मृत्यु भएका व्यक्तिको नामबाट काँग्रेसका नेताले पनि विजय हासिल गरेका छन्।अहिले चुनावकै मुखमा माओवादी केन्द्रले एउटा होनाहार युवा नेता गुमाएको छ यसमा कमरेड प्रचण्ड र कमरेड बिना मगरले जनताको सहानु भुति अनरूप मत बटुल्न सक्नेमा दुई मत नै छैन।