स्व.प्रकाश दाहालको स्मृतिमा आज लाजिम्पाट निवासमा श्रद्धाञ्जली कार्यक्रम - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

स्व.प्रकाश दाहालको स्मृतिमा आज लाजिम्पाट निवासमा श्रद्धाञ्जली कार्यक्रम



चितवन, मंसिर ७ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट काठमाडौं फर्किएका छन् । मंगलबार चितवनमा आयोजित चुनावी सभामा सहभागी हुन आएका प्रचण्ड बुधबार काठमाडौं फर्किएका हुन् ।

हृदयघातको कारण असामयिक निधन भएका प्रचण्ड पुत्र प्रकाश दाहालको पाँचौ दिनको पुण्य तिथीमा बिहीबार काठमाडौं स्थित लाजिम्पाट निवासमा श्रद्धाञ्जली कार्यक्रम गरिने बताईएको छ ।

निवासमा आयोजित श्रद्धाञ्जली कार्यक्रका लागी श्रिमती सिता दाहाल, छोरी रेणु, बुहारी बिना मगर सहित प्रचण्ड आज मध्यान्ह भरतपुरबाट त्यसतर्फ लागेका हुन् ।

मंसिर १० र २१ गते हुने चुनावी कार्यक्रममा देशब्यापी दौडाहामा रहेका बेला अचानक पुत्र वियोगको बज्रपात आईलागेपछी चितवनको चुनावी कार्यक्रम केही प्रभावित भएको छ । यद्यपी पाँचौ दिनको श्रद्धाञ्जली कार्यक्रम पछी प्रचण्ड फेरी चितवनको चुनावी कार्यक्रममा फर्किने उनको सचिवालयले जनाएको छ ।