श्री स्वस्थानी व्रत आरम्भ, शालीनदीमा मेला आरम्भ - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

श्री स्वस्थानी व्रत आरम्भ, शालीनदीमा मेला आरम्भ



काठमाडौं । हिन्दू महिलाहरुको मुख्य ब्रत पर्वको रुपमा मनाउने श्री स्वस्थानी व्रत कथा तथा भगवान शिवको पूजा आरधना आजदेखि सुरु भएको छ । हरेक वर्ष पुस शुल्क पूर्णिमादेखि माघ शुल्क पूर्णिमासम्म एक महिना घरघरमा श्री स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ ।

स्कन्द पुराणको केदारखण्डमा अगस्त्य ऋषि र महादेवपुत्र कुमारबीचको संवादमा आधारित स्वस्थानी ब्रतकथा भन्ने र सुन्ने गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

१ महिनासम्म विधि पूरा गरी ब्रत गर्नुपर्ने भएकाले यसलाई कठिन व्रत मानिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले श्रीमहादेव स्वामी पाउन भगवान विष्णुको सल्लाहअनुसार १ महिनासम्म स्वस्थानी व्रत बसेको र मनोकामना पूरा भएको विश्वासमा स्वस्थानी व्रत र माघ स्थानको प्रचलन सुरु भएको मानिन्छ ।

मकर संक्रान्तिपछि सूर्य उत्तरायणमा प्रवेश गर्छन् । उत्तरायणपछिको समय योग, ध्यान, व्रतका लागि उपयुक्त भएकाले आध्यात्मिक रुपमा स्वस्थानी व्रतलाई पवित्र मानिन्छ ।

आजदेखि काठमाडौंको साँखुस्थित शालीनदीमा १ महिना लामो मेलाको सुरु भएको छ । माघस्नानसहित माधवनारायणको मेलामा सहभागी भएमा पाप पखालिने र पून्य कमाइने धार्मिक विश्वास छ ।