अक्षरका विद्यार्थीको स्वास्थ्य परीक्षण - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अक्षरका विद्यार्थीको स्वास्थ्य परीक्षण



बुटवल, २३  भदौ ।

बुटवल–२ पारीबुटवलमा रहेको अक्षर एकेडेमिले शिक्षा दिवसको अवसर पारेर शुक्रबार विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरेको छ ।

युनिभर्शल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भैरहवा रानीगाँउको सहयोगमा भएको निःशुल्क स्वास्थ्य शिविरमा प्राथमिक तहमा अध्ययनरत झण्डै दुई सय जना विद्यार्थीहरुको दन्त परीक्षण गरिएको थियो ।

युनिभर्सल कलेज भैरहवा दन्तरोग विशेषज्ञ डाक्टर अश्वनी डाईभा, डाक्टर विपुलेश गाईत लगायतको चिकित्सको टोलीले बालबालिकाहरुको दन्त परीक्षण गर्नुका साथै निःशुल्कै रुपमा औषधी समेत वितरण गरेको हो ।

डाक्टर लगायत मेडिकल कलेजमा ईन्टर्न गरेको विद्यार्थीहरुको टोलिले बालबालिकाहरुको दात, मुख र गिजाको परीक्षण गरेको थियो भने परीक्षण गरेका बालबालिका मध्य ८० प्रतिशतमा दातको समस्या देखिएको थियो ।

हाईजेनिक खानपान, मिठाई एंव गुलियो खानाको बढी प्रयोग र नियममित ब्रस नगरेका कारण दात समस्या देखिएको डाक्टरले बताएका थिए । साथै उनीहरुले बालबालिकालाई गुलियो बढि नखुवाउन र नियमति ब्रस गर्ने सुझाव अभिभावकहरुलाई पनि दिएका थिए । विद्यालयका (एकेडेमि) का अध्यक्ष अमर पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल रुपा श्रेष्ठले विद्यार्थी बालबालिकाको दन्त मात्र नभएर अन्य स्वास्थ्य सम्वन्धि चेकअप तथा परीक्षणहरु चौमासिक रुपमा गर्दै आएको जानकारी दिनुभयो । सो अवसरमा अभिभावकहरुको पनि दन्त परीक्षण गरिएको थियो ।