स्वतन्त्रहरू उफ्रिएर देशको विकाश हुँदैन: केपी ओली - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

स्वतन्त्रहरू उफ्रिएर देशको विकाश हुँदैन: केपी ओली



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रहरू उफ्रिँदैमा देशको विकाश नहुने बताएका छन् । उनले स्वतन्त्रबाट देशको उन्नति प्रगति हुन नसक्ने बताए ।

ओलीले नेताहरुले केही गरेनन् अब स्वतन्त्रले गर्छ भनेर हल्ला चलाउने काम बन्द गर्नुपर्ने भन्दै उनले यस्ता हल्लाले केहि फरक नपर्ने बताए ।

छिटफुट र अपवादका रुपमा स्वतन्त्र भयो भन्दैमा देशको समग्र विकाश नहुने उनको तर्क छ । एक ठाउँको एउटा स्वतन्त्रले एकछिन मनोरञ्जन गर्नु एउटा कुरा हो भन्दै ओलीले छिटफुट र अपवादका रुपमा स्वतन्त्र भयो भन्दैमा देशको समग्र योजनावद्ध विकास, उन्नति प्रगति हुन सक्दैन ।

फरक फरक सोचका मान्छे आएर विकाश गर्न नसक्ने ओलीको तर्क थियो । स्वतन्त्रहरुका सोच हुन्छन् कि हुँदैनन् ?’ ओलीले भने, ‘हुन्छन् भने बेग्लाबेग्लै सोचका मान्छेहरु आएर एउटै तालमा कसरी जान्छन् ?’

उनले सत्तामा पुग्न मात्रै स्वतन्त्रको नारा लगाइएको बताए । ओलीले भने, ‘सरकारमा पुगेपछि कसको सोच कसले मान्ने ? हुने कुरै होइन त्यो, तर एउटा हल्ला के चलाइदिन्छ भने स्वतन्त्र भनेर चलाइदिन्छ, संभव हुने कुरै होइन त्यो ।’

उनले दुनियाँका मान्छे सबै पागल भएर दलीय सिस्टम नआएको बताए । दुनियाका सबै मान्छे पागल भएर स्वतन्त्रलाई समर्थन नगर्ने उनको जिकिर थियो । ओलीले भने ‘मेचीदेखि महाकालीसम्मको मान्छे एउटा कार्यक्रम र एउटा उद्देश्यमा चलेन भने राष्ट्र निर्माण कसरी हुन्छ ?’

समग्र देशको विकाश हुनका लागि फरक फरक सोच भएका व्यक्ति नभई एउटै सोच र उद्देश्य भएका व्यक्तिहरु एक हुनु पर्ने ओलीको भनाइ छ ।