स्वतन्त्र संघद्वारा अवैध प्रक्रिया खारेज गरी विधानसम्मत प्रक्रियामा पत्रकार महासंघ अर्घाखाँचीको चुनाव गर्न आह्वान (बिज्ञप्ति सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

स्वतन्त्र संघद्वारा अवैध प्रक्रिया खारेज गरी विधानसम्मत प्रक्रियामा पत्रकार महासंघ अर्घाखाँचीको चुनाव गर्न आह्वान (बिज्ञप्ति सहित)



हिमाल पोस्ट /अर्घाखाँची,फाल्गुन ६ 

न्युनतम चुनावी प्रक्रिया समेत अवलम्वन नगरी एकलौटी ढंगले पत्रकार महासंघको गठन गरिएको भन्दै स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीले आन्दोलन गर्ने भएको छ ।

आज बिहान स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीले जारि गरेको बिज्ञप्तिमा यस्तो लेखिएको छ।

प्रिय पत्रकार साथीहरु,
नेपाल पत्रकार महासंघ अर्घाखाँचीको छैठौं जिल्ला अधिबेशनको खुल्ला शत्र यही फगनु ३ गते र आंशिक बन्दशत्र (प्रतिवेदन पेश) ४ गते सन्धिखर्क स्थित जिविस सभाहलमा गरिएको विदितै छ ।प्रतिवेदनहरु पास भइसकेपछि १ घण्टाको लागि शुन्य समय भन्दै ४ गते साँझ करीव ६ वजेतिर स्थगित भएको बन्दशत्र अहिलेसम्म शुरु हुन नसकेको अवस्थामा तुरुन्त बन्दशत्र शुरु गर्न हामी जोडदार माग गर्दछौं ।

बन्दशत्र नै नगरी, आवश्यक चुनावी प्रक्रिया समेत अवलम्वन नगरी प्रजातान्त्रिक प्रक्रियाको घाँटी निमोठेर विधि विधान विपरीत बाहिरै कार्य समिति बनेको सुन्दा हामी आश्चर्यचकित भएका छौं । यसरी बाहिर विधि विधान बिपरित बनाएको भनिएको कार्य समिति हामीलाई कुनैपनि हालतमा मान्य नहुने भएकाले विधानसम्मत तुरुन्त बन्दशत्र र चुनावी प्रक्रिया शुरु गर्न जोडदार माग गर्दछौं ।

चुनावी प्रक्रिया शुरु हुने पर्खाइमा रहेका पत्रकारहरुलाई जानकारी नै नगराई एकाएक मध्यरातमा कुनै पार्टी कायालय वा होटलबाट दलीय भागवन्डाको आधारमा फेसवुक मार्फत कार्य समिति सार्वजनिक गरिनुले आगामी दिनमा कस्तो नजिर कायम गर्ला ? पत्रकारीताको गरिमा कसरी उँचो रहन सक्ला ? अनि पत्रकारीता गर्नेहरुलाई समाजले कसरी अपनत्व महशुश गर्न सक्ला ? गम्भिर प्रश्नहरु खडा भएका छन् । यसर्थ यो अवैध प्रक्रिया खारेज गरी विधानसम्मत प्रक्रिया अगाडी बढाउन माग गर्दै यो स्वघोषित अवैध समिति खारेज नभएसम्म हामी शसक्त आन्दोलनमा होमिन बाध्य हुने जानकारी समेत गराउन चाहन्छौं ।