स्वर्गीय रवि प्रकाश महतोको परिवारलाई मकाउबाट २९लाख २८ हजार सहयोग। - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

स्वर्गीय रवि प्रकाश महतोको परिवारलाई मकाउबाट २९लाख २८ हजार सहयोग।



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

मकाउमा ह्रदयघातका कारण असामयिक निधन भएका रवि प्रकाश महतोको नाममा परीवारलाई केहि राहत मिलोस भन्ने उदेश्यका साथ गैर आबासीय नेपाली संघ मकाउले थालनी गरेको आर्थिक संकलन अभियानमा मकाउका बिभिन्न कम्पनी,होटल क्यासिनोमा साथै सामाजिक र जातीय संघ संस्थामा आबद्ध नेपाली दाजुभाई तथा दिदि बहिनीहरूले सहयोग उठाई दिनु भएकोमा गैर आबासीय नेपाली संघ मकाउ हार्दिक आभार प्रकट गर्दछौ।

उक्त संकलित रकम गैर आबासीय नेपाली संघ मकाउको कार्यालयमा मोप २,३३,१२४ ।-(दुई लाख तेत्तिस हजार एक सय चौबिस)जम्मा भएको र उक्त जम्मा भएको रकम मध्ये रू २,००,००० रूपैया(मोप १५,१००)मृतकको काज क्रियाको लागि मिति २०१७/८/१ तारीकका दिन गैर आबासीय नेपाली संघ मकाउका सदस्य अर्जुन अधिकारी मार्फत मृतकका परीवारलाई हस्तान्तरण गरीएको थियो।बाँकी रकम मोप २,१८,०२४ (दुई लाख अठार हजार चौबिस)लाई हंगकंग डलर बनाउदा एच केडी २,११,३६५ भएको र उक्त रकमलाई बैक मार्फत पठाउदा सर्भिस चार्ज मोप ५७१ लागेको थियो।

बाँकी हुन आएको रकम एच केडी २,१०,७९४(दुई लाख दश हजार सात सय चौरान्नब्बे) लाई आधिकारीक रूपमा BNU बैक मार्फत मृतक रविको बुबा आमा(CHHANU MAHATO+SIYANI DEVI THARUNI )को जनता बैंक नेपाल लिमिटेडमा रहेको खातानं 048101046198501 र श्रीमती CHANDARA KUMARI र आमा HIRA KUMARI को MADI BASANTAPUR स्थित जनता बैंक लिमिटेडको खाता नं 048101045900401मा मिति २०१७/७/२५ तारीक शुक्रबारका दिन पठाएको थियौ तर उक्त रकम फिर्ता आएको हुँदा उक्त रकमलाई युएस डलर बनाएर युएस डी २६ हजार ८ सय १९ लाई गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको सानिमा बैंक लिमिटेड अल्कापुरी काठमाण्डौमा रहेको खाता नं 0940000001107 मा पठाएको र उक्त रकमलाई गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परीषद्को केन्द्रिय कार्यालयले मृतकका श्रीमति र श्रीमतिको आमाको नाममा युएसडी १३,४०९.५।-डलर(ने रू.१३,६४,२४१) र मृतक रविको आमा बुबाको नाममा रहेको खातामा १३,४०९.५।- डलर(नेरू.१३,६४,२४१) राखि सकेको कुरा जानकारी गराउन चाहन्छौ।

पूर्व सचिव कर्ण बहादुर अधिकारी गैर आबासीय नेपाली संघ मकाउ,चीन।