गोरखाको सिरानचोकमा ५ जनामा स्वाइन फ्लू भेटियो - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

गोरखाको सिरानचोकमा ५ जनामा स्वाइन फ्लू भेटियो



 
२९ साउन, गोरखा ।

गोरखाको स्वास्थ्य संस्थामा उपक्षरका लागि आएका बिरामीमा एच वान् एन् वान् भाइरस (स्वाइन फ्लू) भेटिएको छ । रुघाखोकी तथा ज्वरो आएर उपचारका लागि आएका पाँच जनाको स्याम्पल जाँच गर्दा स्वाइन फ्लु भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
रुघाखोकीको प्रकोप फैलिएको सिरानचोक गाउँमा सयौँ स्थानियबासी प्रभाबित छन । स्वास्थ्य संस्थामा पुगेका बिरामीहरुको घाटीको र्‍याल परिक्षण गर्दा स्वाइन फ्लू को भाइरस भेटिएको कार्यालयले जानकारी दिएको छ ।

स्वास्थ्यचौकीमा भिड जम्मा भएको छ जम्मा भएका बिरामीलाई ज्वरो तथा सास फेर्न गाह्रो भएको बताइएको छ ।