स्याङ्जा क्षेत्र नं २ (ख) को प्रदेश सभामा भागबत प्रकाश मल्ल र प्रतिनिधि सभामा गोपालमान श्रेष्ठ चुनाव लड्ने पक्का पक्की। - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

स्याङ्जा क्षेत्र नं २ (ख) को प्रदेश सभामा भागबत प्रकाश मल्ल र प्रतिनिधि सभामा गोपालमान श्रेष्ठ चुनाव लड्ने पक्का पक्की।



हिमाल पोस्ट / स्याङ्जा

आगामी मङ्सिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि उमेदवारी सिफारिस सुरु भएको छ । क्षेत्र नं – २ ख बाट प्रदेश सभाको लागि भागबत प्रकाश मल्ल, देव बहादुर खाँड, गुरु भट्टराई, युवराज पान्डे लगायतको नाम सिफारिस गरिए पनि अहिलेको माहोलमा चुनाव जित्ने जनताको दुखसुखमा मरी मेटी लाग्ने कार्यकर्तालाई संरक्षण गर्ने विकास निर्माणमा लागि पर्ने भएका कारण मल्ल स्याङ्जामा निकै लोकप्रिय मानिन्छन्।

मल्लको साथ र सहयोगमा १३ औँ महाधिवेशनमा क्षेत्रीय सभापति देव बहादुर खाँड महासमितिमा पूर्व सांसद मोहन पान्डे श्याम बस्याल महेन्द्र श्रेष्ठ शिव कुमार गिरी माँया राना भुमा पान्डे लगायतका नेताहरू निर्वाचित भएका थिए । मल्ल तरुण युवाहरू माझ निकै लोकप्रिय मानिन्छन । मल्ल सिफारिस गरिएका मध्ये सबैभन्दा लोकप्रिय जनताको मनमझेरीमा बसेका चुनाव सहजै जित्ने चर्चित एक नेपाली काँग्रेसका हस्ती हुन ।मल्लले टिकट पाए सहजै हारिने नेकपा एमालेले आँकलन गर्न थालेको छ।

प्रतिनिधि सभाको लागि स्याङ्जाको अग्रज बिकासप्रेमी नेता बहालवाला नेपाल सरकारका उप-प्रधानमन्त्री एबंम शिक्षामन्त्री गोपालमान श्रेष्ठ सांसद धनराज गुरुङ कमल पंगेनी लगायतको नाम सिफारिस गरिएपनी गोपालमान श्रेष्ठ प्रत्यक्षमा चुनाव लड्ने सोच बनाएका छन् । श्रेष्ठले संविधान सभाको निर्वाचनमा प्रत्यक्ष चुनाव लड्न खोज्दा खोज्दै अनत्यमा कमल पंगेनीलाई टिकट दिलाएर आफू समानुपातिकबाट सभासद् बनेका थिए श्रेष्ठ प्रत्यक्षमा अाकांक्षी भएपछि प्रभाबशाली युवा नेता बहालवाला सांसद माननीय धनराज गुरुङ आफूलाई समानुपातिकमा बसेर श्रेष्ठलाई सहयोग गर्ने भएका छन् ।

श्रेष्ठले पटक पटक मन्त्री बन्दा सडक मटरेबल पुलहरु भवनहरू विभिन्न विकासका कामहरू गरेर स्याङ्जाको अभिभावकको रूपमा भूमिका खेलेको कारण जनतामाझ निकै परिचित छन् । आफू प्रतिनिधि सभामा प्रत्यक्ष चुनाव लड्ने भएपछि प्रदेशमा भागबत प्रकाश मल्ललाई टिकट दिलाएर अघि बढाउने निधो गरेका छन् मल्ललाई अघि सारेपछी आफूलाई सहज हुने र अरू आकाँक्षी भन्दा जनता माध लोकप्रिय मल्ल रहेका कारण चुनाव पनि सहजै आफ्नो पोल्टामा पर्ने भएकोले प्रदेशमा मल्ललाई नै अघि बढाउने सोचमा पुगेको भन्ने बुझिएको छ ।