स्याङ्गजामा बामगठबन्धनले बुथ कब्जा गरेको काँग्रेसको आरोप  - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

स्याङ्गजामा बामगठबन्धनले बुथ कब्जा गरेको काँग्रेसको आरोप 



स्याङ्गजा, मंसिर २२

हिजो सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा स्याङ्गजामा बाम गठबन्धनले जिल्लाका ४ ओटा मतदाता केन्द्रमा बुथ कब्जा गरेको काँग्रेसले आरोप लगाउँदै उक्त गतिबिधि प्रति आपत्ति जनाएको छ ।

कालिगण्डकी गाउँपालिका १ को जनहित मा.बि, घुरडाँडा प्रा.बिको मतदान केन्द्र, गल्याङ्गनगरपालिका स्यालबासको सत्यशिला प्रा.बि कालिगण्डकी , ३ को अमरदिप प्रा.बि मा एमालेले बुथ कब्जा गरेर एकलौटी मत हालेको र अन्य बुथहरुमा कब्जाको प्रयास गति मतदाता आतंकित बनाएको कांग्रेसको आरोप छ ।

साथै प्रदेशसभा समानुपातिक उम्मेदबार माया रानामाथि एमालेका कार्यकर्ताले दुब्र्यबहार गर्दै, टाउको फुटाउने धम्की समेत दिएको रानाले बताइन् ।

काँग्रेसले जित्ने देखेर हतास मानसिकताका साथ एमालेले बुथ कब्जा गरेकोे क्षेत्र न २ को २ का उम्मेदबार भागबतप्रकाश मल्लले बताए ।