सरकार गठनपछि तालिबान उग्र: विरोधी र पत्रकारलाई छानीछानी कुट्दै - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सरकार गठनपछि तालिबान उग्र: विरोधी र पत्रकारलाई छानीछानी कुट्दै



एजेन्सी- सरकार गठन गरेलगत्तै तालिबान उग्र बन्न थालेको छ । तालिबानले काबुलमा भएको विरोध प्रदर्शनको समााचार संकलन गर्ने पत्रकारलाई चरम दमन गरेको खुलेको छ । एखी पत्रकारहरूलाई घण्टौ नियन्त्रणमा लिई निर्घात कुटपिट गरेर छोडेको छ ।

विरोध प्रदर्शनको समााचार संकलन गरिरहेका उनीहरूलाई प्रदर्शनस्थलबाट प्रहरी चौकीमा लगिएको थियो । तालिबानले विरोधलाई संगठित गरेको आरोप लगाउँदै डन्डा, विद्युतीय तार र कोर्राले हिर्काएको उनीहरूले बताएका छन् ।

फोटोग्राफर नेमातुल्लाह नक्दीले एएफपीलाई भनेका छन्, “एकजना तालिबानले मेरो अनुहारलाई कंक्रिटतर्फ फर्काएर उसको खुट्टा मेरो टाउकोमाथि राखेर थिच्यो । उनीहरूले मेरो टाउकोमा हिर्काए … उनीहरूले मलाई मार्न गइरहेका थिए भन्ने सोचेँ ।”

समावेशी शासन चलाउने वाचा गरेको भएपनि तालिबानले आफ्नो शासनकोविरुद्ध बढिरहेको विरोधलाई दबाउनतर्फ अघि बढेको छ ।बुधबार राति तालिबानले न्याय मन्त्रालयको अनुमतिविना गरिने प्रदर्शनलाई गैरकानुनी घोषणा गरेको छ ।

निर्घात कुटाइ खाएका नक्दी र उनका सहकर्मी ताकि दर्याबी इतिलात रोज (इन्फरमेसन डेलि)का रिपोर्टर हुन् । उनीहरू काबुलको प्रहरी चौकी अगाडि महिलाहरूले काम र शिक्षाको माग गर्दै गरेको आन्दोलनको समाचार संकलन गर्न गएका थिए ।

नक्दीले फोटो खिच्न सुरु गर्ने बित्तिकै तालिबन लडाकुले आफूमाथि हमला गरेको बताए । “उनीहरूले मलाई ‘तिमीले छायाङ्कन (फिल्म) गर्न सक्दैनौ’ भने,” उनले भने ।
“उनीहरूले छायाङ्कन गरिरहेका सबैलाई पक्राऊ गरे र उनीहरूको फोन लिए,” नक्दीले एएफपीलाई भने ।

नक्दीले तालिबानले आफ्नो क्यामेरा खोस्न प्रयास गरेको तर आफूले भिडमा अरू कसैलाई दिएर व्यवस्थापन गरेकको बताए । तीन जना तालिबानले उनलाई प्रहरी चौकीमा लगे र पिट्न सुरु गरे ।

तालिबान अधिकारीहरूले प्रतिक्रियाको लागि एएफपीले बारम्बार अनुरोध गर्दा पनि जवाफ दिएका छैनन् ।आफूलाई र्‍यालीको आयोजक भएको आरोप लगाएको भन्दै नक्दीले भने, “तालिबानले मलाई गाली गर्न र कुट्न सुरु गरे ।”

उनले आफूलाई किन पिटेको भनेर सोधे, उनलाई भनियो- “तँ भाग्यमानी छस्, तेरो टाउको त काटिएन ।” अन्ततः नक्दीलाई भिडभाडयुक्त कक्षमा लगियो जहाँ उनले आफ्नो सहकर्मी दर्याबीलाई भेटे, उनी पनि पक्राउ परेका थिए र कुटिएका थिए ।

“हामी यति धेरै पीडामा थियौँ कि हलचल गर्न पनि सक्दैनथ्यौँ,” दर्याबीले बताए । तालिबानले केही घण्टापछि कुनै स्पष्टीकरणविना उनीहरूलाई अपमानजनक ढंगले छोडिदिएको थियो । “उनीहरूले हामीलाई शत्रुका रूपमा हेर्छन्,” तक्कीले भने ।

तालिबानले स्पष्ट नपारिएको इस्लामिक सिद्धान्त अनुसार प्रेस स्वतन्त्रताको रक्षा गर्ने दाबी गरिहरेको छ । यद्यपि, प्रदर्शनका समाचार संकलन गर्ने पत्रकारहरूमाथि दुव्र्यवहार बढिरहेको छ ।

हालैका दिनहरूमा आन्दोलन र विरोध प्रदर्शनका समाचार संकलन गर्ने क्रममा दर्जनौ पत्रकारहरू कुटिएको, पक्राउ परेको र समाचार संकलन गर्नबाट वञ्चित गरिएका समाचारहरू आइरहेका छन् । जुन १९९० को दशकमा पहिलोपटक शासन गरेको तालिबानले यस्तो विरोध हुन्छ भन्ने सोचेका थिएनन् । विदेशी मिडियाका पत्रकारभन्दा पनि अधिकांश अफगान पत्रकाररूलाई तालिबानले दुव्र्यवहार गरेको छ ।

हालैका प्रदर्शनहरूले तालिबानले सत्ता हातमा लिएपछि गरेको अधिक सहनशील शासन गर्ने र देशको शान्ति र समृद्धिकाको लागि काम गर्न गरेको प्रतिवद्धता प्रारम्भिक परीक्षण हुँदैछ । इटिलात रोज पत्रिकाका प्रमुख जाकी दर्याबीले तालिबानको भनाइ खोक्रो रहेको बताएका छन् ।