तालिवानले गरेको दाबी विपक्षी मोचाद्वारा अस्विकार - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

तालिवानले गरेको दाबी विपक्षी मोचाद्वारा अस्विकार



बीबीसी । तालिबानले विरोधीहरूको अन्तिम गढ पन्जशीर प्रान्तलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको दाबी गरेको छ । राजधानी काबुलको उत्तरमा रहेको पन्जशीर प्रान्तमा तालिबान विरोधी नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)सँग घमासान लडाई भइरहेको छ ।

“यो जितसँगै हाम्रो देश युद्धको दलदलबाट पूूर्ण रूपमा बाहिर निकालिएको छ”, तालिलबानका प्रवक्ताले बताए ।

यद्यपि, एनआरएफले भने तालिबानको दाबीलाई अस्वीकार गरेको छ । “यो सत्य होइन, तालिबानले पन्जशीर उपत्यकालाई कब्जा गरेका छैनन् । म तालिबानको दाबीलाई अस्वीकार गर्दैछु”, एनआरएफका प्रवक्ता अलि मैसामले बीबीसीलाई भने ।

पश्चिमा समर्थित सरकारको पतनपछि अगस्ट १५ मा काबुलको सत्ता सम्हालेको तालिबानले पन्जशीरबाहेक अफगानिस्तानका बाँकी भूभागलाई तीन हप्ताअघि नै नियन्त्रणमा लिएको थियो ।