नयाँ शक्ति र राप्रपाको बन्यो तालमेल, भट्टराइ र थापालाई समर्थन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नयाँ शक्ति र राप्रपाको बन्यो तालमेल, भट्टराइ र थापालाई समर्थन



काठमाडौं-

चुनाव नजिकिंदै गर्दा नयाँ शक्ति र राप्रपाविच पनि तालमेल भएको छ । नयाँ शक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एकअर्काका अध्यक्षलाई चुनावमा समर्थन गर्ने भएका छन्।

मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा चुनावमा दुई दलले गोरखा र मकवानपुरमा अर्को पार्टीका उम्मेदवारलाई सघाउने भएका हुन्।

सोमबार दुई पार्टीबीच गोरखा –२ मा नयाँशक्तिका संयोजक बाबुराम भट्टराईलाई राप्रपाले सहयोग गर्ने सहमति भएको छ।

त्यस्तै मकवानपुर– १ मा राप्रपा अध्यक्ष कमल थापालाई सघाउन नयाँ शक्तिले उम्मेदवारी स्थगन गर्ने निर्णय गरेको छ। दुबै नेता कांग्रेसको समर्थनमा उम्मेदवार बनेका हुन्।