एमाले–माओवादीको तालमेलको औपचारिक घोषणा आज बेलुका ५ बजे हुने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एमाले–माओवादीको तालमेलको औपचारिक घोषणा आज बेलुका ५ बजे हुने



असोज १७ – नेकपा एमाले र माओवादी केन्द्रले मंगलबार बेलुका संयुक्त पत्रकार सम्मेलनमार्फत चुनावी तालमेलको औपचारिक घोषणा गर्ने भएका छन् ।

दुई पार्टीबिच हुने सात बुँदे सहमति बेलुका ५ बजे प्रज्ञा भवन कमलादीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

दुई पार्टीबिच आउँदो मंसिरमा हुने संघ र प्रदेशको चुनावमा कार्यगत एकता गर्दै पार्टी एकीकरण गर्ने सहमति भएको छ । दुई पार्टीका शीर्ष नेताको निर्णायक बैठक अहिले ललितपुरको एक घरमा चलिरहेको छ ।