योल्मो पाँच पोखरीद्वारा दिल्लीमा तामांगहरुले मनाए आफ्नो बर्षारम्भको उत्सव - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

योल्मो पाँच पोखरीद्वारा दिल्लीमा तामांगहरुले मनाए आफ्नो बर्षारम्भको उत्सव



हिमाल पोस्ट / नयाँ दिल्ली,

योल्मो पाँच पोखरी तामांग सँस्थाले २८५३ औं बर्षगाँठ धुमधामसँग मनाएको छ । भारतको राजधानी दिल्लीस्थित आर. के. पुरम सेक्टर ६ को कम्युनिटि हलमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता सँस्थाका अध्यक्ष सुरेश लामाले गरेको थिए । सान्तावीर लामा र रबीना लामाले संचालन गरेको सो कार्यक्रममा विभिन्न संघ सँस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तर प्रमुख अतिथि र विशिष्ट अतिथिको श्रेणीमा रहेकाहरुको भने, उपस्थिति देखिएन ।

विशेष पुजा अर्चना गरेर गरिएको सो कार्यक्रममा भगवान बुद्धको महिमाबारे संचालकरुले वताएका थिए । अध्यक्ष सुरेशले यो पर्व मनाउने कुरा शेबु्र नृत्यको बारेमा वताउदै सँस्थालाइ विकसित गर्न आफुहरु कटिबद्ध भएको वताएका थिए । कलाकारहरु सुक्का तामांग, उर्षि तामांग, सुर्य मल्ल, सुकुन दे, प्रतिमा थापा, नेत्रे लामा, लाल तामांग र गोरे तामांगले गाएर खुवै मनोरंजन गराएका थिए ।

आशा गु्रप, शर्मिला गु्रप, अइशा गु्रप, मुस्कान ग्रुप, एनएसबिजि गु्रप, लिटिल लामा गु्रप, सपना गु्रप, सिआडि गुप र क्रुजिंग होपर्ज गु्रपका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । श्याबु्र नृत्यबाट सुरु गरिएको रंगारंग साँस्कृतिक कार्यक्रम टँसिदेलेद्वारा समापन गरीएको थियो । कलाकारहरुलाइ सम्मान पत्र तथा मायाको चिनो स्वरुप उपहार वितरण गरी सम्मान गरीएका थियो ।