तम्घास माथि रेसुङ्गा सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

तम्घास माथि रेसुङ्गा सार्वजनिक (भिडियो सहित)



समीर प्रकाश पाण्डे/बैशाख २ 

लोकदोहोरी गायक तथा सर्जक वसन्त लम्सालको आवाजमा नयाँ पञ्चेबाजा गीत सार्वजानिक भएको छ । गुल्मी जिल्लाको सेरोफेरोलाई समेटेर तयार पारिएको पञ्चेबाजा गीतमा गायक लम्साल र गायिका सपना गाहाको आवाजमा उक्त गीत बजारमा आएको हो ।

“तम्घास माथि रेसुङ्गा ’ बोलको पञ्चेवाजाको गीतमा गुल्मी जिल्लाको र त्यस क्षेत्रका रमणीय स्थलहरुको समेत पहिचान प्रस्तुत गरिएको छ ।
अर्घादरवार फिल्यस् प्रा.लीले बजारमा ल्याएको उक्त गीतको लय शब्द वसन्त लम्सालकै रहेको छ भने भिडियो रामचन्द्र भट्टराईको छायंाकनमा विष्णु भट्टराईले निर्देशन / सम्पादन गरेका छन् । भिडियोमा कैलाश, गीता, विशाल , कुसुम, केशव, अर्जुनको अभिनय देख्न सकिन्छ ।