तारा एयरको विमान दुर्घटना, पाइलट सहित केही घाइते - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

तारा एयरको विमान दुर्घटना, पाइलट सहित केही घाइते



हुम्ला, १२ मंसिर  । हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्ने क्रममा विमान दुर्घटनामा परेको छ । विमानका चालकसहित केही घाइते भएका छन् । तारा एयरको विमान धावनमार्गमा दुर्घटनमा  परेको हुम्ला प्रहरीले जनाएको छ  ।

प्रहरीका अनुसार ४–५ जनाको अवस्था गम्भीर छ । ‘विमान दुर्घटनामा परेको ठाउँमा धुवाँको मुस्लो आएको छ, हामी यहि मुस्लोले गर्दा त्यहाँसम्म पुग्न सकेका  छैनौँ, उद्धारको प्रयास भइरहेको छ।
विमानमा कति यात्रु थिए भन्ने बारे यकिन भइनसकेको बताइएको छ ।