स्थानीय निर्वाचनको बिरोधमा आजबाट तराईका २२ जिल्ला बन्द - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

स्थानीय निर्वाचनको बिरोधमा आजबाट तराईका २२ जिल्ला बन्द



दिनेश ठाकुर\बाँके, ३० जेठ ।
स्थानीय तहको चुनाव बहिष्कार गरी आन्दोलनमा रहेको राष्ट्रीय जनता पार्टी नेपालले आजबाट असार २ गते सम्म तराईका २२ वटै जिल्लामा बन्द आह्वान गरेको छ । हिजो तराईका सबै जिल्लामा मसाल जुलुस निकालेर राजपा नेपालले आन्दालनको सुरुवात गरेको हो ।

राजपाले गरेको ४ दिने बन्दको पहिलो दिन मंगलवार बर्दिया, नेपालगञ्ज, सिराह, सप्तरी लगायका जिल्लाहरुमा जनजीवन प्रभावित बनेको छ । ति जील्लाहरुमा बिहानैबाट आन्दोलनकारीले सवारी साधन चल्न दिएका छैनन् जसका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

कार्यक्रम अन्तर्गत नेपालगञ्जमा पनि सोमबार मशाल जुलुस निकालिएको राजपा बाँकेले जनाएको छ । राजपा बाँकेको पार्टी कार्यालयबाट निकालिएको मशाल जुलुस घरवारी टोल, त्रिवेणी मोड हुँदै त्रिभुवन चोक पुगेर कोणसभामा परिणत भएको थियो ।

श्रृष्टि हल नजिक रहेको पार्टी कार्यालयबाट निस्किएको जुलुसमाथि प्रहरीले लाठी प्रहार समेत गरेको थियो । लठी प्रहारले गर्दा राजपाका चारजना नेता कार्यकर्ता घाईते भएका छन् ।

शान्तिपूर्ण जुलुसमाथि प्रहरीले गरेको दमनप्रति राजपाका केन्द्रीय सहमहामन्त्री पशुपतिदयाल मिश्रले घोर भत्र्सना गर्नु भएको छ । घटनालाई लिएर

कोणसभामा बोल्दै उनले ईंटको जवाफ पत्थरले दिने आफुहरुले पनि जानेको चेतावनी पनि दिएका छन् ।

दोश्रो चरणको स्थानीय तह चुनाव कुनैपनि हालतमा हुन नदिने भन्दै सहमहान्त्री मिश्रले सरकारले बल प्रयोग गरे स्थिती भयावाह हुने चेतावनी समेत दिएका छन् ।