कविता: तराई रुँदा « Himal Post | Online News Revolution
Logo

कविता: तराई रुँदा



पस्केर सारा दुखका नारा मुटुका

बेलौना

फर्काउन क्यारी सकुँला बरै नातिका खेलौना

आकाश खस्यो निभायो चुल्हो

आँगन बगायो

भोक् लाग्यो भन्छ नातिले बरा

हातमा समायो

घरको धुरी यता र उती भुइँमा

देख्दा झन्

लग्यो नि खुसी दैवले खोसी

रुँदछ मेरो मन्

नभए मर पेटका भर भैँसीको

हाम्रो गोठ्

पुरेछ गाँठेके होला साँचै त्यो

भन्दा ठुलो चोट्

के गर्न आँटिस् निठुरी दैव प्रलय

झारेर

मर्नु न बाँच्नु बनाउनु भन्दा लैजान

मारेर

पहाड खस्यो नदिले डस्यो परेली

भिजायो

जहान आफ्नै ढलेको देख्दा

मुटुमा बिजायो

अनिदा रात बसुँला काट्दै

सरकार आउला

यी पनि देशका जनता भन्ने

विचार आउला बसुँला

कतै ओवानो बास

जिन्दगी छँदैछ

सम्पती भन्दा नि ठुलो चिज

परिवार् होरैछ

 

तराई रुँदा अकेलै हुँदा पहाड

तिमी छौ

हातमा मेरो गास नहुँदा पहाड

तिमी छौ

आउ न आउ हात मिलाउ बनाउँ

गोरेटो

यो नासो हामी बचाइ राखौँ

पुर्खाले छोडेको

नदेउ रुन उफ्रौँला छुन सुखका

आँकुरा

तिम्रो र मेरो पाइला जोडी

हिउँका टाकुरा

मौसम भुसाल