ट्रक र माइक्रोबस जुध्दा चालकको मृत्यु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ट्रक र माइक्रोबस जुध्दा चालकको मृत्यु



हिमाल पोष्ट / चितवन, २१ मङ्सिर । भद्रपुर उपमहानगरपालिका–३ रेडक्रस चोकमा गएराति ट्रक र माइक्रोबस एकापसमा जुध्दा माइक्रोबस चालकको घटनास्थलमानै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ३ ख ८६३१ नम्बरको माइक्रोबस र विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख ७०१२ नम्बरको ट्रक एकापसमा जुध्दा माइक्रोबसका चालक पाल्पा जिल्लाको हुगीका २५ वर्षीय प्रदीप परियारको घटनास्थलमानै मृत्यु भएको हो ।

राति १२ः४५ बजे भएको सो दुर्घटनामा माइक्रोबस र ट्रकमा रहेका अन्य यात्रु भने सकुशल रहेका छन् । रासस