तरकारीमा ब्रह्मलुट : सय प्रतिसत लिन्छन नाफा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

तरकारीमा ब्रह्मलुट : सय प्रतिसत लिन्छन नाफा



काठमाडौं-

किसानले उत्पादन गरेको तरकारीमा व्यापारीले शतप्रतिशतभन्दा बढी मुनाफा लिएर उपभोक्तालाई बिक्री गरिरहेका छन् । आपूर्ति मन्त्रालयको टोलीले हालै स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो । आजको अन्नपूर्ण पोस्टमा मुख्य खबर छ ।

प्रतिवेदनले व्यापारीले तरकारीमा न्यूनतम ७१.४३ प्रतिशतदेखि अधिकतम एक सय २२ दशमलव २२ प्रतिशतसम्म नाफा लिएर उपभोक्तालाई बिक्री गरेको देखाएको छ । आपूर्ति विभागका निर्देशक लक्ष्मण श्रेष्ठले किसानको तरकारी मूल्यमा प्रतिकेजी ४५ रुपैयाँदेखि ५० रुपैयाँ थप गरी व्यापारीले उपभोक्तालाई बिक्री गर्दै आएको जानकारी दिए ।

-अध्ययन अवधिमा काभ्रे र धादिङका किसानबाट औसत ५५ रुपैयाँ प्रतिकिलो काउली खरिद गरी थोक व्यापारीले ८० रुपैयाँमा बिक्री गरेको उल्लेख गरिएको छ । सोही काउलीलाई खुद्रा व्यापारीले भने सय रुपैयाँमा बिक्री गरेको बताइएको छ ।

-यस्तै, काभ्रे र धादिङका किसानबाट प्रतिकिलो ७० मा खरिद गरी थोक व्यापारीले सय रुपैयाँ प्रतिकिलोमा बोडी बिक्री गरेका छन् । खुद्रा व्यापारीले त्यही बोडी एक सय २० रुपैयाँमा बिक्री गरेको अध्ययनका क्रममा भेटिएको छ ।

सस्तिँदै तरकारी
प्रतिकिलो डेढ सयदेखि पौने दुई सय किलोमा तरकारी पाइने उपत्यकामा पछिल्लो दुई दिनदेखि मूल्य घट्न थालेको छ । तरकारीको मागअनुसार पर्याप्त परिमाणमा तरकारी आपूर्ति हुन थालेपछि मूल्य घट्ने क्रम सुरु भएको छ ।