छुनै नसकिने तरकारी ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

छुनै नसकिने तरकारी !



१७ असोज, काठमाडौं । दशैं विदाका लागि आम उपभोक्ताले राजधानी छोड्दै गरेका बेला दैनिक उपभोग्य बस्तुको माग घटेको छ ।

विद्यार्थी, शिक्षक तथा मजदुरी गर्नेहरुले धमाधन राजधानी छाडेसँगै उपभोग्य वस्तुको व्यापार घटेको थोक तथा खुद्रा व्यवसायीहरुले बताउँछन् ।

तर, माग घटे पनि सर्वसाधारणले सबैभन्दा बढी उपभोग गर्ने हरियो तरकारीको मूल्य भने दिनहुँ बढिरहेको छ ।

राजधानी बाहिरबाट फर्किने सवारी साधनले सस्तो दरमा ढुवान गिर्ने बेलामा समेत तरकारीको मूल्य बढ्नुलाई धेरैले अस्वभाविधक रुपमा लिएका आजको कारोबार दैनिकमा समाचार छ ।

कीर्तिपुरको एक पसलमा आइतबार बिहान रायोको साग किन्दै गरेकी सर्लाहीकी लीला तामाङ बजार मूल्य दिनहुँ बढेको देखेर हैरान भएको बताइन् । तरकारीको भाउ छोइनसक्ने गरी बढेको उनले बताइन् ।