तरुण दलका महामन्त्रीले सुरु गरे 'भ्रष्टाचार भण्डाफोर अभियान', अध्यक्षको विमति - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

तरुण दलका महामन्त्रीले सुरु गरे ‘भ्रष्टाचार भण्डाफोर अभियान’, अध्यक्षको विमति



काठमाडौं – नेपाली काँग्रेसको भातृसङ्गठन नेपाल तरूण दलले भ्रष्टाचारविरूद्ध अभियान चलाउने घोषणा गरेको छ । ‘भ्रष्टाचारमुक्त नेपाल, सुशासनयुक्त नेपाल’ अभियानको घोषणा गर्दै सङ्गठनले केन्द्रदेखि वडासम्म भएका भ्रष्टाचारको भण्डाफोर गर्ने कार्यक्रम अगाडी सारेको छ ।

तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले एकलौटी रुपमा सुरु गरेको यो अभियानमा अध्यक्षको भने सहमति छैन । अध्यक्षले जितजंग बस्नेतले भने भ्रष्टाचार विरुद्धका कार्यक्रमहरूमा सहयोग नगरेको पटक-पटक बताउँदै आएका छन् ।

कार्यक्रम केन्द्रदेखि वडासम्म भ्रष्टाचारविरूद्ध भण्डाफोर अभियान चलाउन तरूण दलका सबै समितिलाई पत्राचार गरिसकिएको बताइएको छ ।