तरुण दल भारतको दिल्ली शाखा बिस्तार ,अध्यक्षमा एल.पी पाण्डेय - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

तरुण दल भारतको दिल्ली शाखा बिस्तार ,अध्यक्षमा एल.पी पाण्डेय



हिमाल पोस्ट /नयाँ दिल्ली,असोज  ३० 

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल भारतको आयोजनामा नयाँ दिल्लीको पाहाडगंज स्थित  होटेल स्विस्टनको हलमा “तिहार शुभकामना आदान प्रदान, चियापान तथा शाखा गठन कार्यक्रम” सम्पन्न भएको छ ।

तरुण दल भारतका सचिव नागेन्द्र प्रसाद जोशीको अध्यक्षता र तरुण दल भारतका अध्यक्ष राहुल रेग्मीको प्रमुख आतिथ्यमा  सम्पन्न उक्त  कार्यक्रमको स्वागत  मन्तव्य एल.पी पाण्डेयले राखेका थिए  । ने.ज.स उत्तर भारत क्षेत्रका अध्यक्ष कृष्ण पाण्डे, उपाध्यक्ष अर्जुन धरेल, महासचिव रुद्र मल्ल, झिलमिल शाखाका अध्यक्ष रतन शाही, ॐ हिन्दु जनजागरण सङ्घका अध्यक्ष रमानन्द जोशी शास्त्री, ने.वि सङ्घ भारतका सह-महामन्त्री दिवाकर पाण्डे, कोषाध्यक्ष आशिष् न्यौपाने, सिए ने.वि सङ्घ भारतका कोषाध्यक्ष राहुल यादव लगायतको  उपस्थिति रहेको थियो ।

नवगठित दिल्ली शाखाका पदाधिकारीहरुको घोषणा गर्दै प्रमुख अतिथि रेग्मीले आउँदै गरेको दीपावली र छठ पर्व को शुभकामना दिँदै मङ्सिर १० र २१ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभाको चुनावमा तरुण दल भारत लगायत भारत स्थित नेपाली काँग्रेस प्रति आस्थावान सबै सङ्घ-संघठनका प्रतिनिधिहरू र आम प्रवासी नेपालीहरुमा नेपाली काँग्रेसलाई जिताएर लोकतन्त्रालाई झन् बलियो बनाउन महत्त्वपूर्ण भूमिका रहने विश्वास राख्दै सबैलाई चुनावमा भाग लिन अनुरोध गरेका थिए ।

दिल्ली शाखाका नव गठित पदाधिकारीहरुमा अध्यक्ष – एल.पी पाण्डेय , उपाध्यक्ष – अर्जुन बोगटी, सचिव – रवि जोशी, सह-सचिव – करन बुढा, कोषाध्यक्ष – भरत भट्ट, सदस्यहरूमा – रेहान खान, पवन पाण्डे, शिवाकान्त झा, राहुल अधिकारी र सल्लाहकारमा नागेन्द्र प्रसाद जोशी, रमानन्द जोशी शास्त्री रहेका छन् ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष जोशीले दीपावलीको शुभकामना दिँदै भारत स्थित ने.का प्रति आस्थावान सबै सङ्घ-सङ्गठनले मिलेर काम गर्नु पर्नेमा जोड दिँदै आगामी प्रदेश र केन्द्रका चुनावका लागि  तरुण दल भारतले चुनाव प्रचार प्रसार कार्यदल गठन गर्ने जानकारी गराएका थिए । उक्त कार्यक्रम करन बुढाले सञ्चालन  गरेका थिए ।