तथाकथित बाम एकता हिन्दुवादीहरुको लागि अवसर र चुनौति - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

तथाकथित बाम एकता हिन्दुवादीहरुको लागि अवसर र चुनौति



-के बि थापा 

बिभिषण हनुमान जी भन्दा ठुला राम भक्त भए पनि भगवान् श्रीरामको सबैभन्दा विश्वसनीय र प्रिय भक्तको नाम लिने बित्तिकै पवनपुत्र हनुमान जीको नाम लिने गरिन्छ किनकि राम भक्त हुनु मात्र ठुलो कुरा होइन राष्ट्रभक्त हुनु सबै भन्दा महत्त्वपूर्ण कुरा हो ।तसर्थ म बामपंथीहरुको विश्व इतिहासमा नजादैं सिधै नेपाल बाटै प्रसङ्ग सुरु गरेँ ।

विक्रम सम्वत् २००६ कै हाराहारी तिर देखासिकी भनौ या केही नयाँ गर्ने चाह तत्कालीन केही व्यक्ति को व्यक्तिगत स्वार्थ या भनौं महत्वाकांक्षाले नेपाल मा भित्र्याईएको बामपंथी बिचार धारा ले विभिन्न उतार चढाव पार गर्दै गरेको नेपाली राजनीतिक अस्थिरता एवं तरलता को गणितिय नाफा नोक्सान को जोड घटाउ गर्दै भरपुर फाइदा लिदै अहिले २०७४ सम्म घर टोल होस या सिंहदरवार को सत्ता सडक या प्रतिपक्षी को रूपमा देखिन पुगेका नेपाली बामपंथी अर्थात् मेकअप कै भरमा आफैलाई नारीको रूपमा दर्साउन खोजिरहेका ती तेस्रो लिंगी हरुको बिचमा विभिन्न समय र चरणमा एकताको कुरा उठ्दै र पहल हुँदै न आएका होइनन ।

उक्त लामो इतिहासको कालखण्डमा नेपाली जनताले अन्जानवस भनौ या भ्रममा परेर,विकल्पको चाहतमा भनौ या त्रासको जीवनबाट वाक्क भएरै होस या चोरकै हातमा चावी दिएपछी चोरी कम होला भन्ने अभिप्रायले जनाधार दिँदै यिनै बिचबाट कैयौलाइ नेपाली जनताले सिंहदरवार सम्म पनि नपुर्याएका होइनन । तर नेपालको भौगोलिक बनावट र धरातल को विपरीत भनौ या नेपालको भुगोल,माटो र हावाको प्रवाह विपरीत आयातित कमाउ वादले नेपाल र नेपालीको हित र राजधर्म अनि राष्ट्र धर्मलाई सर्वोच्च स्थानमा राख्ने प्रयास कहिल्यै गर्न सकेनन् । त्यति मात् होइन कोही कसैले यदि यस्ता कार्य गर्न खोजे उनीहरूकै जिवनलिला नै समाप्त पार्ने कैयौ प्रयास गर्दै आफ्नो व्यक्तिगत स्वार्थको लागि राष्ट्रको अश्मिता लाई कहिले दक्षिण तिर त कहिले उत्तर तिर सर्लक्कै बुझाउने प्रयास गर्न सम्म पछि परेनन् ! राष्ट्रिय एकता को प्रतीक सनातन संस्कृतिको रक्षक राजसंस्थालाई समेत षड्यन्त्र पूर्वक हटाउन विदेशीको शाहारा लिने जस्ता अवान्छित् काम गर्न पछि नपरी नेपालको राष्ट्रिय संप्रभुता माथि नंग्रा गाढ्ने अवसर बाह्य तत्वलाई प्रदान गर्न मुख्य भूमिका निभाए ।

राजनीतिमा सहकार्य एवं एकता आवश्यक चिज भए पनि सहकार्य या एकता आफ्नो बिचार ,कार्य शैली , सिद्धान्त र नितिगत लाइनले नै निर्धारण गर्छ । तर धर्ती आकाश को अन्तर र बेमेल रहेका केही पार्टीको बिचको अहिले आएर एकाएक चर्चाको विषय बनेको चुनावी सहकार्य र तत्पश्चात हुने भनिएको बाम एकताले नेपालको राजनैतिक परिवेशमा मात्र नभई नेपाल प्रति चासो राख्ने सबैलाई चकित मात्र होइन यस विषयमा सोच्न बाध्य बनाएको छ  ।

आखिर जे भए पनि एउटा कुरा किटान का साथ भन्न सकिन्छ कि यो एकता स्वतस्फूर्त या भनौ राष्ट्र र राष्ट्रियतालाई सर्बोपरी ठान्ने उदेश्यले पक्कै भएको होइन तर प्रश्न अब उठ्छ कसको इसारामा भइरहेको छ त यी सब ?के फेरि सधैँ झैँ दक्षिण कै इसारमा हो ? यदि हो भने बर्सातको मौसममा कमिलाले पखेटा लगाउदै आफ्नो अन्तिम समय आइरहेको सङ्केत गरे जस्तै हो ! किनकि उत्तरमा रहेको बामपंथी वाद सायद दक्षिणको लागि सबै भन्दा ठुलो खतरा बन्दै गइरहेको र नेपाल प्रति हरेक प्रकारले आफ्नो प्रभुत्व जमाउन चाहने उत्तरका उत्तराधिकारि दक्षिण प्रति उदार बन्न सक्दैन ! यदि हो भने पनि ठुलै रणनीतिकै अनुसार उनकै हतियार उनीहरू माथि नै प्रयोग गर्नको निमित्त यो भएको हुनुपर्छ ! अर्को तिर यदि उत्तरकै इसारा या दबाबमा भएको हो भने पनि यो हेर्दा खाइलाग्दो मकैको बोटमा पाक्ने बेला पोंके बाहेक केही हुने छैन ।

यदि उत्तर र दक्षिणलाई मात दिँदै सर्लक्कै पारिबाट रिमोट को माध्यम बाट यसो गरिदै छ भने पनि यो हेर्दा अत्यन्तै सुहाउदा बहर बाच्छाहरु तर दुवै दाहिनेलाई हलमा नार्दा दांइ लगाउने होइन मियों नै उखेलेर हिँड्ने निश्चित देखिन्छ ।तर यो तथाकथित एकताले यी विभिन्न चुनौतीका साथसाथै केही अवसर हरू पनि प्रदान गरेको छ ।

हो जसको इसारामा भए पनि यो सब अब देशको राजनीतिमा सक्कली राष्ट्र राष्टियता एवं सनातन संस्कृत लाई सर्बोपरी ठान्ने शक्तिहरू र त्यसको विपरीत शक्तिलाई जनताको माझ चिनाउने काम मात्र होइन पक्षधर शक्तिलाई एकै केन्द्र बिन्दु राष्ट्रिय एकताको प्रतीक राजसंस्था र सनातन हिन्दु राष्ट्रको पक्षमा एकत्रित भएर आयातित तन्त्रलाइ जरैदेखि समाप्त पार्दै देश र देशवासिलाइ स्थायी शान्ति , निकास र विकास कायम गर्न को लागि अघि बढेर पहल गर्नको लागि सुनौलो अवसर पनि दिएको छ ।

देशकै सबैभन्दा पुरानो र ठुलो पार्टी र केही हदसम्म माटो र हावापानी सुहाउँदो जस्तो गन्ध आउने ने.का.लाई अब आफ्नो विचलित मानसिकता बाट घरवापसी गर्दै सम्पूर्ण राष्ट्रवादिहरुको नेतृत्व गर्दै बृहत् राष्ट्रवादी शक्ति निर्माण गर्दै आफना स्वर्गीय नेताको मार्गमा हिड्दै राष्ट्र र राष्ट्रियताको मुद्धामा पुन गम्भीर हुँदै सोच्ने अवसर पनि प्रदान गरेको छ ।

अर्को तर्फ नेपाल आमाका सच्चा पहरेदारहरुलाइ ब्यारेकमा खिया लागेका बन्दुकहरु को खिया सफा गर्दै बाहिर निस्केर राष्ट्र र राष्ट्रियताको रक्षाको जिम्मा लिने सुखद अवसर मात्र दिएको छैन कि अब यदि नेका ले त्यो पहल गर्दै घरवापसी गर्न चाहन्न भने उसको शरीर बाट आउने नेपाली माटोको गंधलाइ कोसी नदीमा पखाल्दै बनारस तिरै बगाइदिदै देशमा राष्ट्र, राष्ट्रियता र सनातन संस्कृतिको रक्षार्थ देश विदेश मा रहेका जुझारु र राष्ट्रभक्त युवाहरूले बृहत् मोर्चा बनाउँदै अघि बढेर नेतृत्व लिदै देशलाई नयाँ विकल्प दिन सक्ने अवसर पनि यो तथाकथित बाम एकताले दिई रहेको तथ्यलाई नकार्न सकिन्न ।

विश्वकै इतिहास र सभ्यताको एकल केन्द्र एवं विश्व जगतलाइ नै पूर्वीय दर्शनको ज्ञान दिने त्यात्तिस कोटि देवताको बास रहेको पवित्र देवभुमि माथि यदि यसरी नै सुनियोजित तवरले गरिएको उक्त स्वार्थी र फोहोरी खेलबाट देशलाई समयमै निकास दिन नसक्ने हो भने त्यो नेपाल र नेपालीको लागि मात्र होइन विश्व जगतलाइ नै खतराको सङ्केत हुने र कलियुगको अन्त्य को सुरुवात यसै घटनाबाट हुने निश्चित छछ। जय देश , जय धर्म ।

उक्त लेख लेखकको नितान्त व्यक्तिगत विचार हो ।