राष्ट्रपतिले अध्यादेश तत्काल जारी नगर्ने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राष्ट्रपतिले अध्यादेश तत्काल जारी नगर्ने



काठमाडौं । सरकारले दल विभाजन सम्बन्धी ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ । दल विभाजन सम्बन्धी अध्यादेश कार्यालयमा आइपुगेको बताइएको छ ।

स्रोतका अनुसार अनुसार अध्यादेश आजै जारी हुने सम्भावना निकै कम छ । आज कार्यालय समय सकिएकोले तत्कालै जारी हुने सम्भावना निकै कम भएको बताइएको छ ।

सरकारले प्रमाणीकरणका लागि पठाएको अध्यादेश बेलुकीपख प्राप्त भएको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले जनाएका छन् ।

उनले सरकारले प्रक्रियाबाटै अध्यादेश सिफारिस गरेकाले राष्ट्रपतिले पनि आवश्यक प्रक्रिया पुर्‍याएर जारी गर्ने जानकारी दिए । सरकारले प्रक्रिया पुर्‍याएर सिफारिस गरेका सिफारिस जारी या प्रमाणीकरण गर्नु राष्ट्रपतिको संवैधानिक दायित्व भएको भन्दै ढकालले यो विषयमा पनि अलमल नहुने बताए ।

मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्‍याएमा दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश तयार गरेर राष्ट्रपति कार्यालय पठाएको छ ।

विशेषगरी नेकपा एमालेलाई फुटाउन माधवकुमार नेपाल पक्षलाई सजिलो हुने गरी सरकारले अध्यादेश तयार भएको छ । यसअघि दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सङ्ख्या अनिवार्य हुने उल्लेख भएकोमा अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था उल्लेख छ ।