महासेठको राजिनामा भनेपछि तात्यो नेकपा: बालुवाटार बैठक - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

महासेठको राजिनामा भनेपछि तात्यो नेकपा: बालुवाटार बैठक



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई नम्बर प्रदेशका १६ जना केन्द्रीय सदस्यहरुले बुझाएको ज्ञापनपत्रबारे सचिवालय बैठक शुरु भएको छ ।

बिहीबार नै सचिवालय बैठक बोलाइएपनि संविधान दिवस परेकाले स्थगित गरिएको थियाे । प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक जारी छ ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल लगायत नौ जना नै उपस्थित छन् । बैठकमा दुई नम्बर प्रदेशका १६ जना केन्द्रीय सदस्यहरुले राखेको मागबारे छलफल हुने कार्यसूची छ ।

केही दिन अगाडि बुझाइएको ज्ञापनपत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ, प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, प्रदेश अध्यक्ष प्रभु साहको राजीनामा माग गरिएको छ ।

पार्टी विधान पालना नगरेको भन्दै उनीहरुले मन्त्री महासेठलाई पदबाट हटाउन समेत माग गरेका छन् ।