एडीलेडमा आज तीज धमाका हुँदै - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

एडीलेडमा आज तीज धमाका हुँदै



एडीलेड ,अगस्त ३ ।

हरितालिका तीज नजिकिदै गर्दा नेपालमा मात्र नभएर नेपालीहरू पुगेका विश्वका कुना-कुनामा तीजको माहोलले रौनकता थप्दै गएको छ। “भूगोल बाट टाढा आए पनि मन त नेपाली कला संस्कृतिसँग सधैँ नजिक हुन्छ ” आज बेलुका एडीलेडमा हुने तीज धमाका कार्यक्रमका आयोजक उत्तम घिमिरेले बताए ।

चन्द्र सूर्य इन्टरटेनमेन्टको आयोजनामा नि:शुल्क प्रवेश सहित आयोजना गर्न लागिएको तीज कार्यक्रमको लागि चर्चित गायिका सिन्धु मल्ल र चन्दा अर्याल हिजो बेलुका एडीलेड आईपुगेको घिमिरेले बताए। बेलुका ५ बजे बाट लातभियन हलमा सुरु हुने उक्त कार्यक्रममा कलाकारहरूले पुराना र नयाँ गीत बाट उपस्थित दर्शकहरुलाई मनोरंजन दिने आयोजकले बताएका छन्।