तीज गीतमा विकृति ल हेर्नुस ! किस खाने देखि सुहागरात सम्म (भिडियो सहित ) - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

तीज गीतमा विकृति ल हेर्नुस ! किस खाने देखि सुहागरात सम्म (भिडियो सहित )



समीर प्रकाश पाण्डे

हिन्दु महिलाको महान् पर्व तीज संघारमै आइपुगेको छ । जीवन जगत्का विविध आयामलाई गीतमार्फत व्यक्त गर्ने अभिव्यक्तिको सांस्कृतिक परम्पराको रूपमा तीज पर्व शिव उपासनाको महत्त्वपूर्ण पर्वको रूपमा नेपालमा परापूर्वकाल देखि मनाइँदै आएको देखिन्छ । महान् सांस्कृतिक परम्परा बोकेको तीज मनाउने प्रचलनमा दिनप्रतिदिन परिवर्तन आइरहेको छ । हिजोआज सहरबजार, गाउँघरमा अझै भनौं विदेशमा पनि तीज एक महत्त्वपूर्ण पर्वको रूपमा मनाइँदै आएको छ । तीज आउनुभन्दा लगभग एक महिना अघिदेखि यसको साङ्गीतिक माहोल तयार भइसकेको हुन्छ ।

लोकगायकका गीत सीडी तयार गर्ने काम त अझै तीज आउनुभन्दा दुई तीन महिनाअगाडि नै सुरु हुन्छ । सामाजिक जनजीवनमा तीजले राम्ररी प्रभाव जमाएको देख्न सकिन्छ । पार्टी प्यालेस, घर, टोल र सडक तीजमय भएर देख्न पाइन्छ ।

हिजोआज तीजमा गाइने मिठा, सामाजिक सन्देश बोकेका र गम्भीर लय तथा भाव भएका गीतहरू सुनिन छोडेका छन् ।तीजका गीतमा सुनिने गम्भीर भाव चेलीका अनुभूतिको मर्म, मीठो लय, आफूले प्रत्यक्ष भोगेका पीडाको अभिव्यक्ति र तिनै अनुभूतिलाई सिर्जनामा उनेर श्रोतालाई जीवनका सुखदुःख, हर्ष, विस्मात तथा आशा र निराशाको अभिव्यक्ति गर्ने एउटा सरल माध्यमलाई अहिले अलि हल्का र उत्ताउलो ढङ्गले प्रस्तुत गरिँदै आएका छन् । कति तीजका गीतहरू अब सांस्कृतिक, ऐतिहासिक, परम्पराको आँखाले हेर्नै नसकिने गरी विकृत भएका छन् ।

केटा र केटी अमर्यादित पाराले नाचिरहेका दृश्यहरूले टेलिभिजनका पर्दाहरू रंगिएका छन् । यसै बिचमा हालै मात्र “ उरन्ठौली ” नाम दिएको एक यस्तै तीज गीत सार्वजनिक भएको छ । पछिल्लो समय लोक दोहोरी क्षेत्रमा आफ्नो राम्रै परिचय बनाएका गायक वसन्त लम्सालको लय शब्द स्वर रहेको तीजे गीतमा किस खाने शब्द देखी सुवारातका कुरा समावेश गरिएको छ भने सोही अनुसार दृश्यमा पनि उतारिएको छ के यो शब्द र दृश्यहरू यो समाजले पचाउला ।

https://youtu.be/h11VV1s0zgk