दुर्घटना भएको विमानमा ३ जना जिवितै भेटिए - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

दुर्घटना भएको विमानमा ३ जना जिवितै भेटिए



काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै उद्धार गरिएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीनजनाको जीवितै उद्धार गरिएको बताए । जीवित उद्दार गरिएकाहरूलाई उद्धारपछि अस्पताल पठाइएको बताइएको छ । उनीहरूको पहिचान भने खुलेको छैन । स्वास्थ्य अवस्थाबारे पनि कुनै जानकारी गराइएको छैन ।

जहाजमा लागेको आगो अझै नियन्त्रणमा नआएको उनले बताए । हालसम्म घटनास्थलबाट ४० जनाको शव संकलन गरिएको छ ।

आज बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी एटीआर जहाज दुर्घटनामा परेको हो । विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए ।