मन छुने तीजको कोसेली “यसै त रोइ रहने मन ”बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मन छुने तीजको कोसेली “यसै त रोइ रहने मन ”बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

हरितालीका तीज नजिकिदै गर्दा बजारमा नयाँ नयाँ गीत संङ्गीतहरु आउने क्रममा मन छुने तिजको कोसेली “ यसै त रोई रहने मन ” बोलको गीत हालै मात्र सार्वजनिक भएको छ ।

गाउँले पारामा गीतमा शब्द भर्न र गाउन सिपालु गायक तेजश रेग्मीको लय, शब्द स्वरमा रहेको सार्वजनिक गीतमा तेजशलाई गायिका लक्ष्मी गौतमले स्वरमा साथ दिएकी छिन् । माया प्रेममा बिछोड भए पछि प्रेमीहरुको बिचमा हुने कुराकानीलाई गीतले विषयवस्तु बनाएको छ ।

यस्तै भिडियोलाई शङ्कर बि.सीले निर्देशन गरेका छन् भने राजेश घिमिरेको छायाङ्कनमा नवीन घर्ती मगरको सम्पादन रहेको छ । भिडियोमा गायक तेजश र अन्जु निरौलाको अभिनय रहेको छ गीत लक्ष्मी गौतमको प्रस्तुतिमा कामना डिजिटल प्रा. लिई.ले बजार व्यवस्थापन गरेको हो ।