भोली देखि शनिबारसम्म टेलिकमका सबै मोबाइल सेवा बन्द - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भोली देखि शनिबारसम्म टेलिकमका सबै मोबाइल सेवा बन्द



मंसिर २, काठमाडौं । भोली रातिदेखि शनिबारसम्म नेपाल टेलिकमका मोबाइल तथा सिडिएमए फोन सेवाहरु प्रभावित हुने भएका छन् ।
टेलिकमले जीएसएम पोस्टपेड सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा माइग्रेशन गर्न लागिएकाले मोबाइल सेवा अवरुद्ध हुनसक्ने टेलिकमले जनाएको हो ।
टेलिकमले जारी गरेको एक सूचनामा शुक्रबार रातिदेखि वायरलेस सिस्टमका जीएसम तथा सिडिएमए सेवामा भ्वाइस कल, एसएमएस, डाटा, रिचार्ज र वाइम्याक्स सेवा अवरुद्ध हुने जनाएको छ ।

यसैगरी शनिबार टेलिकमका ग्राहक सेवा केन्द्रसहित कार्ड एक्टिभेसन, रिचार्ज लगायत सबै सेवा बन्द हुने उल्लेख छ ।

टेलिकमले सिस्टम म्यानेजमेन्टका क्रममा सेवा अवरुद्ध हुँदा पर्नसक्ने असुविधाप्रति आफ्ना ग्राहकहरुसँग माफी मागेको छ ।