काठमाडौंमा कोरोनाको बेहाल: ट्याम्पो चालकलाई पनि संक्रमण पुष्टि - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

काठमाडौंमा कोरोनाको बेहाल: ट्याम्पो चालकलाई पनि संक्रमण पुष्टि



काठमाडौं- राजधानी काठमाडौंमा कोरोना संक्रमणको अवस्था भयाबह बन्ने देखिएको छ । ट्याम्पो चलाउने एक जना चालकलाई कोरोना संक्रमण पुष्टि भएको पुष्टि भएको छ ।

टेकु अस्पतालमा गरिएको परिक्षणमा एक पुरुष ट्याम्पो चालकलाई कोरोना संक्रमण पुष्टि भएको नेपाल यातायात राष्ट्रिय व्यवशायी महासंघका महासचिवले जानकारी दिएका छन् । टेम्पो चालकलाई समेत संक्रमण भएपछि जनमानसमा थप त्रास बढेको छ ।

संक्रमित चालकलाई आइसोलेसनमा राखिएको छ। सरकारले असार २६ गतेदेखि उपत्यकाभित्र तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक सवारी सन्चालनमा ल्याएको थियो।

साउन ७ गतेदेखि जोर-बिजोर प्रणाली खारेज गरिएको थियो। सरकारले भदौ १ गतेदेखि लामो दुरीका सवारी साधन सन्चालनमा ल्याउने निर्णय गरिसकेको छ।