तेन्दुलकर काठमाडौं आइपुगे, शनिबार क्रिकेट खेल्ने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

तेन्दुलकर काठमाडौं आइपुगे, शनिबार क्रिकेट खेल्ने



काठमाडौं- भारतीय लिजेण्ड पूर्व क्रिकेटर सचिन तेन्दुलकर काठमाडौं आइपुगेका छन् ।

यूनिसेफले आयोजना गरेको कार्यक्रमका लागि सचिन काठमाडौं आएका हुन् । बाल अधिकारको वकालत गर्ने यूनिसेफले मैत्रीपूर्ण क्रिकेटको आयोजना गरेको छ ।

यूनिसेफको सदुभावना दूत रहेका सचिनले शनिबार किर्तिपुर क्रिकेट मैदानमा मैत्रीपूर्ण क्रिकेट खेल्नेछन् । बाल अधिकारबारे सन्देश दिन आयोजना गरिने मैत्रीपूर्ण क्रिकेट १० ओभरको हुनेछ ।