टेस्ट श‍ृंखलामा भारतको क्लिनस्विप - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

टेस्ट श‍ृंखलामा भारतको क्लिनस्विप



काठमाडौं- वेष्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा २ सय ५७ रनको फराकिलो विजय हासिल गरेको भारतले दुई खेलको श‍ृंखला क्लिनस्विप गरेको छ।

सोमबार जमैकामा ४ सय ६८ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २ सय १० रन मात्र जोड्न सक्यो। यो जितसँगै विराट कोहली भारतलाई सबैभन्दा धेरै टेस्ट जिताउने कप्तान बने। कोहलीले आफ्नो कप्तानीमा भारतलाई २८ खेल जिताएका छन्। यसअघि पूर्वकप्तान महेन्द्रसिंह धोनीको २७ खेल जिताएका थिए।

४५-२ को स्थितिबाट वेष्ट इन्डिजले चौथो दिन थालेको थियो। चौथो दिन थप १ सय ६५ रन जोड्दा घरेलु टोलीले सबै विकेट गुमायो। दोस्रो इनिङमा वेष्ट इन्डिजका लागि शामराह ब्रुक्सले सबभन्दा धेरै ५० रन बनाए। कप्तान जेसन होल्डर ३९ र जर्मेन ब्ल्याकउडले ३८ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन  गर्न सकेनन्।

भारतका मोहम्मद शामी र रविन्द्र जडेजाले समान ३ विकेट लिँदा इशान्त शर्माले २ र जसप्रित बुमराले १ विकेट लिए।

पहिलो इनिङमा ४ सय। १६ रन बनाएको भारतले दोस्रो इनिङमा ४ विकेट गुमाएर १ सय ६८ रन जोड्दा इनिङ समाप्तिको घोषणा गरेको थियो।

पहिलो इनिङमा भारतका हनुमा विहारीले १ सय ११, कप्तान कोहलीले ७६, इशान्तले ५७, तथा मयांक अग्रवालले ५५ रन बनाएका थिए। विहारीले दोस्रो इनिङमा पनि अविजित ५३ रन बनाए। दोस्रो इनिङमा अजिन्क्या रहानेले पनि अविजित ६४ रन बनाए।

पहिलो इनिङमा वेष्ट इन्डिजका होल्डरले ५ तथा राकीम कर्नवालले ३ विकेट लिए। दोस्रो इनिङमा केमर रोचले ३ विकेट लिएका थिए।

भारतको तीव्र गतिका बलर जसप्रित बुमराले ह्याट्रिकसहित ६ विकेट लिएपछि वेष्ट इन्डिज पहिलो इनिङमा १ सय १७ रन बनाउँदा सबै विकेट गुमायो। पहिलो इनिङमा शिमरन हेटमेयरले बनाएको ३४ रन नै वेष्ट इन्डिजका ब्याट्सम्यानले बनाएको सबैभन्दा ठुलो स्कोर हो।

भारतले पहिलो टेस्ट पनि ३ सय १८ रनले जितेको थियो। त्यसअघि तीन खेलको एकदिवसीय श‍ृंखला भारतले २-० ले जितेको थियो भने तीन खेलकै ट्‍वान्टी-२० श‍ृंखला पनि क्लिनस्विप गरेको थियो।