टेस्टमा बेस्ट हाम्रो एभरेष्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर कार्यक्रम गर्ने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

टेस्टमा बेस्ट हाम्रो एभरेष्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर कार्यक्रम गर्ने



मणि भुषाल /बुटवल  फागुन २३ 

बुटवलको एभरेष्ट उच्च मा.बि.माअवस्थित बिद्यार्थीहरुको ग्रुप टेस्टमा बेस्ट हाम्रो एभरेष्टले १०७ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर एक्स्ट्रा ट्यालेन्ट शो कार्यक्रमको आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रममा कक्षा ११ र १२ मा बिज्ञान संकायमा  अध्यानरत  महिला बिद्यार्थीले   मात्र भाग लिन पाउने आयोजकले जानकारी दिएका छन ।

बिद्यार्थीले आफ्नो नाम दर्ता फागुन २४ सम्म दर्ता गर्नु पर्ने छ ।आफ्नो नाम दर्ता गर्नको लागि ज्ञानेश्वर अग्रहरी ,मणि भुषाल ,बिनोद पाण्डे ,बिदुर पंगेनी सगर अर्याल,प्रदिप अधिकारि ,र आयुष पौडेललाई सम्पर्क गर्न आयोजले बताएका छन् ।

हरेक वर्ष अङ्ग्रेजी महिनाको मार्च ८ मा श्रमिक महिलाको सम्मानमा विश्वभर महिला दिवस मनाइन्छ ।