टेक्सासमा एक नेपाली मृत भेटीए - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

टेक्सासमा एक नेपाली मृत भेटीए



अमेरिका- अमेरिकाको टेक्सास राज्यमा एक नेपाली युवक मृत भातिएका छन् । टेक्सासस्थित यूलेसमा बस्दै आएका गैरआवासीय नेपाली युवा दिपेश थापा घरभित्रै मृत भेटिएका हुन् ।

१७ वर्षदेखि अमेरिकामा बस्दै आएका ३८ वर्षीय थापा बिहीबार आफ्नै निवासमा मृत भेटिएको बताइएको छ ।

परिवार स्रोतले दिएको जानकारी अनुसार बिहीबार बिहान पटक–पटक फोन गर्दा समेत नउठेपछि भेट्न कोठामा पुग्दा मृत भेटिएका थिए ।

मुखबाट रगत निस्किएको देखिएपछि एम्बुलेन्सलाई फोन गरिएको थियो । एम्बुलेन्सको चिकित्स टोलीले दिपेशको निधन भइसकेको जानकारी दिएको परिवारले बतायो ।

शनिबार दिउँसो दिपेशको हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । पोखरा स्थायी घर भएका थापाका एक श्रीमती, दाजु, बैनी र बुवा, आमा छन् । अध्ययनका लागि अमेरिका गएका थापाका बुवा, आमा र बैनी नेपालमै छन् ।