चुनाव नजिकिँदा किन सुनसान छ थवाङ ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

चुनाव नजिकिँदा किन सुनसान छ थवाङ ?



काठमाडौं-

पटकपटकका चुनावमा अनौठो निर्णय गरेको थवाङ हिजो आज सुनसान छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा पनि यहाँ चुनावी माहोलले छोएको छैन ।

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बाहुल्यता रहेको थवाङमा चुनाव खारेजीको नारा भने सुनिन थालेको छ ।

सुनसान छ । कोही आएका पनि छैनन् । हुन त होला तर यसपालि फेरि रौनकको चुनाव हुने छाट छैन, थवाङका अजय घर्ती मगरले बताए ।

२०६४ मा ३ मत बाहेक सबै प्रचण्डलाई दिएको यहाँ २०७० सालको संविधान सभामा एकमत पनि खसेन ।

२०३६ सालमा सतप्रतिशत मत बहुदललाई खसालेका थवाङीहरुे २०१५ सालको निर्वाचनमा सबै मत थवाङकै उम्मेदवार बनेका खगुलाल गुरुङलाई दिएका थिए ।

२०३८ सालमा रित्तो मतपेटिका फिर्ता गरेको थवाण्मा २०५६ मा हेलिकप्टरमा पुगेका दुईजनाले मात्र मतदान गरेका थिए । २०५४ मा चुनावै भएन ।

अध्यक्ष र उपाध्यक्ष सदरमुकामबाटै घोषणा गरियो भने २०५१  मा ४ मत मात्र खसेको थियो ।, यो खबर आजकोनागरिक दैनिकमा छ ।