ठगलाई मन्त्रीले कारवाही गर्ने, महानिर्देशकले संरक्षण - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ठगलाई मन्त्रीले कारवाही गर्ने, महानिर्देशकले संरक्षण



काठमाडौं – मलेसिया जाने नेपाली कामदारमाथि गैरकानुनी रुपमा शुल्क उठाएको आरोप खेपेको मलेसिया भीएलएन प्रालिलाई वैदेहिक रुोजगार विभागकै तत्कालिन महानिर्देशक कृष्णहरि पुष्करले संरक्षण गरिएको भेटिएको छ ।

तत्कालीन महानिर्देशक पुष्करले भीएलएनले कामदारमाथि ठगी गरेको नदेखिएको भन्दै उजुरी तामेलीमा राख्ने निर्णय गरेका हुन् । आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, उनले त्यतिबेलै सबै फाइल श्रम मन्त्रालयमा फिर्ता पठाउन आदेशसमेत दिएका थिए ।

सरकारको अनुमतिबिना कुनै पनि कम्पनीले वैदेशिक रोजगारीमा जाने कामदारसँग रकम उठाउन पाउँदैन ।

अर्कोतर्फ सरकारको निर्णयअनुसार नेपाली कामदारका लागि फ्रि भिसा, फ्रि टिकेटको व्यवस्था छ । यो व्यवस्था उल्लंघन गरेको आरोपमा भीएलएन सञ्चालकमाथि ठगी मुद्दा चलेको हो