थाहा नगर: सदरमुकाम बाहिर स्वाब संकलन गर्ने पहिलो नगरपालीका - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

थाहा नगर: सदरमुकाम बाहिर स्वाब संकलन गर्ने पहिलो नगरपालीका



मकवानपुर- मकवानपुरको थाहा नगरपालिकाले जिल्लामै पहिलो पटक कोरोना भाइरस (कोभिड१९) को जोखिममा रहेका नागरिकको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको छ ।

सदरमुकाम बाहिर रहेको स्थानीय तहमध्ये थाहा नगरपालिकाले नै पहिलो पटक यसरी व्यक्तिको स्वाब संकलन गरेर पठाएको स्वास्थ्य थाहा नगरपालिलकाको संयोजक मेघराज बलामीले जानकारी दिए ।

थाहा नगरपालिका वडा नम्बर ११ का कोरोना संक्रमित पुरुष यात्रा गरेको सवारीको चालकको स्वाब ९ जेठमा संकलन गरेर कोभिड १९ परीक्षणका लागि हेटौंडा स्थित प्रयोगशालामा पठाएको हो ।

थाहा नगरपालिकाको ल्याब टेक्निसियन अनुपा तिमल्सिनाका, डाक्टर उदय रोका र डाक्टर सुबोध चापागाईको टोलीले यो कार्य गरेका हुन् ।यसरी स्वाब संकलनका लागि स्वास्थ्य कार्यालय मकवानपुरबाट १२ थान भिटिएम सहयोग प्राप्त भएको छ ।