थाईल्याण्ड पुगेर पूर्वराजा ज्ञानेन्द्र सक्रिय,गोप्य भेटघाटमा व्यस्त - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

थाईल्याण्ड पुगेर पूर्वराजा ज्ञानेन्द्र सक्रिय,गोप्य भेटघाटमा व्यस्त



काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह यतिवेला थाईल्याण्डमा छन् । बैंकक बसाईको क्रममा पूर्वराजाले आफ्नो राजनीतिक भेटवार्ता बढाईरहेको स्रोतको दाबी छ ।ज्ञानेन्द्र दुई हप्ताका लागि थाइल्यान्ड पुगेका हुन् ।

एक महिनाको अन्तरालमा उनी पुनः थाइल्यान्ड उडेका हुन् । यसअघि असारमा उनी बैंकक पुगेका थिए । २४ साउनको दिउँसो थाइ एयरवेजको विमानबाट शाह थाइल्यान्ड प्रस्थान गरेका हुन् । पछिल्लो समय उनको थाइल्यान्ड आवतजावत बाक्लिएको छ । त्यहाँबाट शक्तिकेन्द्रसँग सम्पर्क बढाएको चर्चा छ ।

नातिनीहरु बैंकमा अध्ययन गरिरहेकाले उनी बैंकक गइरहेको बताइन्छ । कतिपयले स्वास्थ्योपचारका लागि आवतजावत् बाक्लो बनाएको बताइरहेका छन् । तर, उनले त्यहाँबाट राजनीतिक सक्रियता बढाएको सूचना सत्तारुढ दलका नेताहरुसम्म पुगेको छ ।

थाईल्याण्ड बसाईको क्रममा शाहले कुटनीतिक भेटवार्तालाई पनि तिव्रता दिएका छन् । नेपालमा पूर्व राजालाई लिएर सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै नसलबलाउन चेतावनी दिएपछि नेपालमा राजा फर्किनेबारे चर्चा तथा परिचर्चा हुन थालेको छ । पछिल्लो समय पूर्वराजाको निवासमा पुगेर चर्चित राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले समेत भेटवार्ता गरेका थिए ।