ठाकुर ज्ञवालीलाई आइजीपी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ठाकुर ज्ञवालीलाई आइजीपी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रदेश १ का डीआईजी ठाकुर ज्ञवालीको नाम प्रस्ताव गरेर मन्त्रीपरिषदमा पेश गर्न निर्देशन दिएका छन्।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा आईजीपी चयनको टुंगो नलागेपछि प्रधानमन्त्री ओलीले मंगलबार बस्ने बैठकमा ज्ञवालीको नाम पेश गर्न गृहमन्त्री रामबहादुर थापा र मूख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

‘गृहमन्त्री थापा र मुुख्यसचिव रेग्मीलाई बोलाएर प्रधानमन्त्रीले आईजीपीमा ज्ञवालीको नाम मंगलबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गर्न निर्देशन दिनुभएको छ,’ बालुवाटारस्थित उच्च स्रोतले भने, ‘त्यही अनुसार प्रस्ताव तयार गरिने छ।’

आईजीपी सर्वेन्द्र खनाल, ३ एआईजी पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात तथा १८ डीआईजीहरु मंगलबारबाट एकैपटक अवकास प्राप्त गर्दै छन् । तर अवकशको अघिल्लो दिनसम्म सरकारले भावी आईजीपी को हुने भन्ने निर्णय गर्न सकेन।

मन्त्रीपरिषद् बैठकले सोमबार नै भावी आईजीपीमा ज्ञवाली वा सुदूरपश्चिम प्रदेशका डिआईजी तारिणीप्रसाद लम्सालमध्ये एकजनालाई चयन गर्ने आंकलन भइरहेको थियो ।

तर ३० वर्षे विवादपछि प्रधानमन्त्री ओलीले मंगलबार पुनस् बैठक बस्ने भन्दै टुंग्याएका थिए । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै छ।