भारतीय दूतावास र बालुवाटारको चक्कर काट्दै दिन बिताउँछन् ठाकुर र महतो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

भारतीय दूतावास र बालुवाटारको चक्कर काट्दै दिन बिताउँछन् ठाकुर र महतो



काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतोको आजकालको दैनिकी प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर घन्टौं बिताउने र भारतीय दूतावासमा घन्टौं बिताउने बनेको छ ।

पछिल्ला केहि सातादेखि थाक्त्र र महतोले दिनमा अधिकांश समय बालुवाटार र भारतीय दूतावासमा बिताउन थालेका छन् । प्रधानमन्त्री ओलीमाथि सत्ता संकट देखिन थालेपछि बालुवाटार र दूतावास धाउन थालेका उनीहरू पार्टीमा राम्रोसंग परामर्श समेत गर्न भ्याउँदैनन् ।

लगातार बालुवाटार र दूतावासमा ३ देखि ४ घण्टा बिताउने गरेका उनीहरूले के खिचडी पकाइरहेका छन् भन्ने प्रधानमन्त्री ओलीले मात्र भेउ पाउने गरेको जसपाका एक नेताले बताए । यसअघि लुकेर छिपेर दूतावास जाने गरेका नेता ठाकुर र महतो अहिले भने खुलेआम छिर्न थालेआ छन् ।

हिँजो शनिबार पनि उनीहरूले भातारिया राजदूत विजयमोहन क्वात्रासँग साढे दुई घण्टा बिताएका थिए भने करिब तीन घन्टा बालुवाटारमा प्रधानमन्त्री ओलीसँग बिताएर अबेर राति निस्किएको जसपाकै नेताले बताए । यो शनिबारको दैनिकी मात्र होइन आजकल हरेक दिन उनीहरूको यसरी नै बितेको उनी बताउँछन् ।

विकसित राजनीतिक घटनाक्रममा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँग निकट भएका उनीहरूले पार्टीलाई पनि समय दिन छाडेका छन् । जसपाकै अर्का नेताका अनुसार पार्टीका नेताले भेट्न होज्दा पनि समय नदिएर उनीहरू कहिले दूतावास त कहिले बालुवाटार धाइरहेका छन् ।

मधेशका मुद्दा र समस्यालाई समाधान गर्ने भन्दै वर्षौंदेखि राजनीति गरेका यस्ता नेताहरू दूतावास र बालुवाटार धाईरहनुले पार्टी र कार्यकर्तामा संशय उत्पन्न भएको नेताहरू बताउँछन् ।