उपेन्द्र यादवविरुद्ध निर्वाचन आयोगमा पुगेका महन्थ ठाकुर रित्तो हात फर्किए - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

उपेन्द्र यादवविरुद्ध निर्वाचन आयोगमा पुगेका महन्थ ठाकुर रित्तो हात फर्किए



काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई कारवाही गरेपछि अध्यक्ष ठाकुर निर्वाचन आयोग पुगेका हुन् ।

प्रदेशसभा सदस्यलाई हटाउने अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई नरहेको भन्दै अध्यक्ष ठाकुरले आयोगलाई ध्यानाकर्षण गराएका छन् । निर्वाचन आयोगमा अध्यक्ष महन्थ ठाकुरले ध्यानाकर्षण गराएपनि आयोगले भने ध्यानाकर्षण गराएपनि आयोगले तत्काल त्यसमा केही गर्न नसकिने जवाफ दिएको छ ।

निर्वाचन आयोगले पार्टीले गरेको कारवाहीमा आयोगले केही गर्न नसक्ने भन्दै रित्तो हात फर्काएको बताइएको छ ।

​जसपा नेपालको १४ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चारजना सांसदलाई बिहीबार कारवाही गरेको हो । तर अर्का अध्यक्ष महन्थ ठाकुरले भने कारवाही नभएको भन्दै प्रदेशसभाका सभामुखलाई पत्र पठाएका छन् ।

यता, कार्यकारिणी समितिको बहुमत सदस्यको हस्ताक्षरबाट कारवाहीमा परेका लुम्बिनी प्रदेशका सांसदहरु पनि कानुनी उपचारमा जाने तयारी गरिरहेका छन् । आजै सर्वोच्च अदालतमा रीट दायर गर्ने उनीहरुको तयारी छ ।