थानकाेटको मातातिर्थ बृदाआश्रममा लत्ताकपडा वितरण - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

थानकाेटको मातातिर्थ बृदाआश्रममा लत्ताकपडा वितरण



हिमाल पोस्ट /काठमान्डौ

अन्तर्राष्ट्रिय कलाकार मञ्च साईप्रस शाखा कि काेषध्यक्ष थानकाेट निवासी हिरा लामा (बमजन)काे संयोजकत्व र अन्तर्राष्ट्रिय कलाकार मञ्च साईप्रस शाखा समितिकाे अायाेजनामा लत्ताकपडा वितरण कार्यक्रम सनिवार सम्पन्न भएको छ । आई ए एफ साईप्रस शाखा कि अध्यक्ष काेपिला दाहाल ,सक्रिय सदस्य धन कुमारी घले साथै सल्लाहकार चेङ्गा शेर्पाबाट थानकाेट स्थित मातातिर्थ बृदाआश्रमका आमाहरूलाई न्यानाे बर्को , न्यानाे जुत्ता, हरलिक्स र बिस्कुट वितरण गरिएको हो  ।

साथै कार्यक्रममा सहयाेग गर्नुहुने सम्पूर्ण साईप्रस बासी नेपाली दजुभाइ तथा दिदी बहिनीहरूलाई ,साईप्रसमा स्थिति पवित्र कार्यमा सहयाेग गर्नुहुने सङ्घ सस्थाहरुलाई आई.ए.एफ साइप्रस परिवारलाई आ. ई .एफ साइप्रस समितिकाे तर्फबाट सम्पूर्ण लाई हार्दिक धन्यवाद व्यक्त गरिएको  थियो ।